प्रवासी भुजेल समाज कतारको आठौं महाधिवेशन आगामी शुक्रबार हुने…..

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- प्रवासी भुजेल समाज कतारको आठौं महाधिवेशन यहीँ आउने शुक्रबार अर्थात ३० जनवरी २०२६ को दिन हुने भएको छ ।

समाजले सनैयाको प्लाजामलमा रहेको जिम्बु थकाली रेष्टुरेन्टको सभाहलमा महाधिवेशन सम्पन्न गर्न लागेको हो । आयोजक समितिको अनुसार उक्त कार्यक्रममा उपस्थितिको लागि कतारमा स्थापित सम्पुर्ण सामाजिक संघ, संस्था, बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधि, विशिष्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, सामाजिक अभियान्ता, कलाकारको साथै मिडियाकर्मी पत्रकारहरु सबैलाई पत्राचार गरिसके सङ्गै महाधिवेशन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

“भुजेल जातिको विकाश र उन्नतिको आधार, सांस्कृतिक चेतना शिक्षा र रोजगार” भन्ने मुल नारा सहित कतारमा सन् २०१० मा स्थापना भएको प्रवासी भुजेल समाजले स्थापना कालदेखी नै दिन दुखी, आपतविपतमा साथ सहयोग र कतार तथा नेपालमा स्थापित अन्य सामाजिक संघ संस्थाहरु सङ्ग समन्वय गरि निरन्तर रुपमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।

शुक्रबार बिहान ११ बजेबाट सुरु हुने कार्यक्रममा समाजकै कलाकार तथा कतारमा रहेर कलाकारकै रुपमा आफुलाई चिनाउन सफल भइ सकेका कलाकारहरुको उत्कृष्ट सांस्कृतिक प्रस्तुतिहरु सङ्गै रम्न रमाउन पाउने हुँदा कार्यक्रममा उपस्थित भएर महाधिवेशन भव्य रुपमा सफल बनाइदिन सम्पुर्ण कतारबासी नेपालीहरु लाई आयोजक समितिले आग्रह पनि गरेको छ ।

nepalijanatakhabar

समबन्धित समाचार