मधेश प्रदेश समन्वय परिषद कतारको आयोजनामा हुने बृहत ईफ्तार कार्यक्रम भोली….

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- मधेश प्रदेश समन्वय परिषद कतारले ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमदानको अवसरमा वृहत इफ्तार कार्यक्रम आयोजना गर्ने भएको छ।

परिषदले बिगतका बर्षहरूमा जस्तै यस वर्ष पनि धार्मिक तथा सामाजिक सद्धभाव लागी सबै धर्म समुदायको चाड पर्वहरू मिलेर मनाउनु पर्छ भन्ने उदेश्यका साथ पवित्र महिना रमजानको रोजा राख्ने मुस्लिम समुदायका वर्तालुहरूको लागी इफतार कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष मोहम्मद कलाम खानले जानकारी नेपाली जनता खबरलाई गराएका छन ।

खानले कतारमा स्थापित मधेशका जिल्ला संस्थाहरु सप्तरी सेवा समाज कतार , सिरहा सेवा समाज कतार, धनुषा सेवा समाज कतार, महोत्तरी समाज सेवा कतार, सर्लाही प्रवासी सेवा समाज कतार, बारा आदर्श सेवा समाज कतार र मधेसी एकता समाज कतार सङ्गको सहकार्यमा आगामी २० फेब्रुअरी २०२६ शुक्रबार मुन्ताजा पाक नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा दिउँसो १ बजे देखि कार्यक्रम सुरु हुने तालिका रहेको बताएका छन ।

उक्त ईफ्तार कार्यक्रम सफलता पार्नको निम्ति सबैमा उपस्थितिको लागि परिषद कतारले आग्रह समेत गरेको छ ।

nepalijanatakhabar

समबन्धित समाचार