दोहा,कता- श्रम संस्कृती महा-अभियान तदर्थ समिति कतारको प्रथम अधिबेशन आगामी शुक्रबार अर्थात २४ अप्रिल २०२६, शुक्रबारको दिन हुने भएको छ ।
गत वर्ष ३१ अक्टोबर २०२५ शुक्रबार सुवास खालिङ राईको संयोजकत्त्वमा तदर्थ समितिको रुपमा गठन भएको महा-अभियान कतारले आगामी शुक्रबार प्लाजामल स्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा साँस्कृतिक कार्यक्रम सहितको प्रथम अधिवेशन गर्न लागेको महा-अभियान तदर्थ समितिका संयोजक सुवास खालिङ राईले नेपाली जनता खबरलाई जानकारी गराएका छन ।

उक्त दिन बिहान ११:३० बजेबाट सुरु हुने कार्यक्रममा उपस्थितिको लागि कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, बैचारिक संस्थाका प्रमुख तथ प्रतिनिधि, सामाजिक अभियान्ता, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, कलाकार तथा पत्रकारहरु सबैलाई पत्रचार गरिसकिएको पनि आयोजक समितिले बताएका छन ।
श्रम संस्कृती महा-अभियान तदर्थ समिति कतार “प्रकृती संस्कृती र प्रविधिको सन्तुलन, परिस्कृत समाजका लागि श्रम अभियान” भन्ने केन्द्रिय मुल नारालाई आत्मासात गर्दै श्रम संस्कृती पार्टिको प्रवास संगठनको रुपमा कतारमा स्थापना भएको बैचारिक संस्था हो ।




प्रतिक्रया दिनुहोस्