प्रख्यात नेपाली गायक तथा संगीतकार आशिष अविरलमाथि बीच सडकमै आक्र*मण!

वायु प्रधुशन
nepalijanatakhaba

काठ्माण्डौ : नेपाली सङ्गीत जगत्का चर्चित गायक तथा संगीतकार आशिष अविरलमाथि अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा निर्घात कुटपिट भएको छ।बाल्टिमोरको डाउनटाउन क्षेत्रमा कामको सिलसिलामा विवाद भएपछि दुई स्थानीय नागरिक(अमेरिकी)ले उनीमाथि अचानक आक्र मण गरेका हुन्।

कुटपिटबाट गम्भीर घाइते भएका अविरललाई तत्कालै बाल्टिमोरस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको छ। हाल उनको सोही अस्पतालमा उपचार भइरहेको छ। नाक र आँखामुनिको हड्डी भाँचि*यो, दृष्टिमा समस्याअस्पताल स्रोत र अमेरिकामै रहेका उनका निकट सङ्गीतकार लक्ष्मण पौडेलका अनुसार, आक्रम*णबाट अविरलको अनुहारमा गम्भी*र चो ट लागेको छ।

कुटपिटका कारण उनको नाक र आँखामुनिको हड्डी भाँचिएको छ।आँखामा लागेको गम्भीर चोटका कारण उनको दृष्टिमा समस्या आएको र दृश्यहरू मधुरो (धमिलो) देख्न थालेको बताइएको छ। चिकित्सकहरूले उनको नाक र अनुहारको भाँचिएको हड्डी सझाउनका लागि तुरुन्तै शल्यक्रिया (अप्रेसन) गर्नुपर्ने जानकारी दिएका छन्।

प्राप्त जानकारी अनुसार अविरल बाल्टिमोरको डाउनटाउन क्षेत्रमा आफ्नो कामको सिलसिलामा रहेका बेला एक स्थानीय युवा र युवतीसँग विवाद भएको थियो। विवाद बढ्दै जाँदा ती दुई अमेरिकी नागरिकले उनीमाथि भौतिक आक्र-मण सुरु गरेका थिए।

आक्रमणपछि अविरल सडकमै अचेत र घाइते अवस्थामा फेला परेका थिए। घटना भएको केही समयपछि त्यहाँ पुगेका उनका नेपाली साथीहरूले उनलाई उद्धार गरी अस्पताल पुर्‍याएका थिए।

विगत एक वर्षदेखि अमेरिकामा बस्दै आएका आशिष अविरलले हालै मात्र बाल्टिमोरमा चर्चित गायक राजु लामासँगको सहकार्यमा ‘रागा एन्ड आरएल स्टुडियो अमेरिका’ सञ्चालनमा ल्याएका थिए।

नेपालमा ‘काले केटाले’, ‘रैया चाँडीको’, ‘पुतली’ जस्ता दर्जनौँ सुपरहिट गीतहरू दिएका अविरलको यो अप्र त्याशित घट*नाले नेपाली सङ्गीत क्षेत्र र अमेरिकामा रहेका नेपाली समुदाय स्तब्ध बनेका छन्।

घटनाको कानुनी प्रक्रिया र आक्रम*णकारीमाथिको कारबाहीबारे स्थानीय प्रहरीले अनुसन्धान सुरु गरिसकेको बुझिएको छ।

nepalijanatakhabar

समबन्धित समाचार