प्रवासी नेपाली मञ्च कतारको आयोजनामा अक्टोबर ९ मा ‘बृहत् रक्तदान कार्यक्रम हुने…

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- “सबल : प्रवासी समृद्ध नेपाल, सुखी नेपाली” भन्ने मुल नाराका साथ सन् – २००४ मा स्थापना भएको प्रवासी नेपाली मञ्च, कतारको आयोजनामा आगामी अक्टोबर ०९ तारिख शुक्रबारको दिन कतारमा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ।

‘रक्तदान, जीवन दान’ भन्ने भावनाका साथ आयोजना गर्न लागिएको उक्त कार्यक्रम हमाद हस्पिटलको ब्लड डोनेशन सेन्टरमा बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुने आयोजक समितिले नेपाली जनता खबरलाई बताएका छन । नेपाली रक्तदाता संघ, कतार सङ्गको समन्वयमा हुन लागेको यस रक्तदान कार्यक्रममा कतारमा स्थापित अरु जिल्ला तथा सामाजिक संस्थाहरू पर्वत जलजला समाज कतार, आर्थर डाँडाखर्क समाज कतार, ठकुरी सहयोग सञ्जाल कतार, बागलुङ सेवा समाज दोहा कतार, बागलुङ सेवा समाज दोहा कतार अक्षयकोष, रोयल नेपाल एसोसिएसन कतार, राष्ट्रिय मुस्लिम परिषद् नेपाल र सुनसरी मुस्लिम समाज कतार लगायतले सहकार्य गर्ने भएका छन ।

मञ्चले कतारमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू लाई रक्तदान जस्तो सामाजिक पुण्यको कार्यमा सहभागी भई रक्तदान गरि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरेको छ भने कार्यक्रममा नेपाली जनता खबर सहित झन्डै एक दर्जन मिडियाहरु मिडिया पार्टनरको रुपमा रहेका छन ।

nepalijanatakhabar

समबन्धित समाचार