हरिकिशोर शर्मा
पर्साको जिराभवानी गाँउपालिकाबाट मंगलबार प्रहरीले लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेका छन। इलाका प्रहरी कार्यालय सेढवाको बरिष्ठ प्रहरी नायब निरिक्षक प्रकाश महतोको नेतृत्वमा खटेको टोलीले वडा नं १ मा रहेका जगतिया चौकबाट बिहान १०:१५ बजे सो गाँजा पक्राउ गरेका छन। पक्राउ पर्नेमा धोबिनी गाँउपालिका वडा नं ५ निवासी नन्दलाल दास र छिपहरमाई गाँउपालिका वडा नं ३ निवासी बाघा यादव रहेका प्रहरीले जनाएका छन।
ठोरी गाउपालिका वडा नं ५ सुवर्णपुरबाट बीरगंज तर्फ जादै गरेका बी आर २२ के २१८० नम्बरको भारतीय मोटरसाइकललाई सूचनाको आधारमा चेकजाच गर्दा गाँजा बरामत भएको प्रहरीले जनाएका छन। उनीहरुसंग नौ के जी ३०० ग्राम गाजा बरामत भएको प्रहरीले जनाएका छन।पक्राउ परेका दास र यादव तथा लागू औषध गाँजा कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइने प्रहरीले जनाएका छन



			
                            
                            
                            
                            
प्रतिक्रया दिनुहोस्