सर्लाहीको हरिवनमा प्रेमी बितेको चार दिनमा प्रेमिकाले पनि गरिन् आत्महत्या

वायु प्रधुशन
nepalijanatakhaba

सर्लाहीको हरिवन–११ मा एक जोडीले चार दिनको फरकमा संसार त्यागेका छन्।हरिवन ११ का २१ वर्षीय रोहित बानियाँले आत्महत्या गरेको चार दिनको दिन सोही ठाउँकी २० वर्षीया प्रमिता साहले पनि आत्महत्या गरेकी प्रहरीले जनाएको छ।

 

 

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारका अनुसार गएको शनिबार रोहितले आफ्नै घरमा आत्महत्या गरेका थिए।प्रमिताको शव (मंगलबार) बिहान आफ्नै घरको दोस्रो तलामा झुण्डिएको अवस्थामा फेला परेको ताम्राकारले जानकारी दिए।

 

 

प्रमिताको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। एक स्थानीयका अनुसार रोहित र प्रमिता बिगत तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए। तर, दुबै पक्षका अभिभावकले उनीहरुलाई विवाहको अनुमति दिएका थिएनन्।

सोही आवेगमा उनीहरुले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। रोहित र प्रमिता दुबै कक्षा १२ का विद्यार्थी हुन्। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ताम्राकारले बताए।

nepalijanatakhabar

समबन्धित समाचार