डोटीमा हेलिकप्टरबाट एक सुत्केरी महिलाको उद्धार

वायु प्रधुशन
nepalijanatakhaba

डाेटी – डोटीमा हेलिकप्टरबाट एक सुत्केरी महिलाको उद्धार गरिको छ । उच्च रक्तश्राव भएपछि जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर ५ लाना केदारेस्वरकी २७ वर्षीया अमृतादेवी बोहराको हेलिकप्टरबाट उद्धार गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभएको छ।

सामुदायिक स्वास्थ्य इकाइ लाना रन्तोलामा उच्च रत्तश्राव भएपछि उहाँलाई विभिन्न निकायको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम ठाउँका गर्भवती तथा सुत्केरी महिलालाई आवश्यक परेमा हेलिकप्टरबाट उद्धार गर्ने गरिएको छ ।

 

nepalijanatakhabar

समबन्धित समाचार