सुन्दर सपना बोकेर साउदी अरब पुगेका रामेछापका नरबहादुर बकासमा फर्किए….

दोहा कतार / गत फेब्रुअरी २५ तारिख २०२३ शनिबार साउदी अरबमा एक नेपाली श्रमिकले सवारी दुर्घटनामा परी ज्यान गुमाएका थिए ।

रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा न:-०३ घर भइ रोजगारीको सिलसिलामा साउदी अरब पुगेका नरबहादुर खड्का को आफैले चलाएको सवारी दुर्घटनामा परी दु:खद निधन भएको हो । परिवारको जिम्मेवारी सङ्गै जिन्दगीको सुन्दर सपना बोकेर ३ जुलाई २०२२ मा साउदी रेडिमिक्स कङ्क्रेट कम्पनीमा काम गर्नको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका उनी हिजो राती कहिले नउठ्ने गरि बाकसमा बन्द भएर फर्किएका हुन ।

छिमेकी ब्रम्लिच समाजका अध्यक्ष शिव सुनुवारले जति सक्दो छिटो मृतकको पार्थिक शरीर नेपाल पठाइदिन अनुरोध गरेपछि नेपाली दूतावाससङ्ग एन.आर.एन.ए एन.सी.सी(NRNA-NCC) साउदी अरबका अध्यक्ष डम्बर यादव र केही संघसस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरुको पहलमा श्रीलंका एअरलाइन्स मार्फत नरबहादुरको शब हिजो राती नेपाल पठाएको अध्यक्ष यादवले जनता खबरलाई जानकारी गराएका छन ।

आज बिहानै नेपाल पुगेको नरबहादुरको शब परिवारले बुझि आजै दिउँसो काठमाडौको पशुपति आर्यघाटमा अन्तेष्टी गरिएको पारिवारिक स्रोतले बताएका छन । मृतकको घरमा श्रीमती सङ्गै दुई छोराहरु छन ।

 

सम्बन्धित समाचार