प्रदेश सरकारको सिफारिसमा बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले अधिवेशन अन्त्य गरेका हुन् । उनले नेपालको संविधानको घारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको चालू नवौं अधिवेशन अन्त्य गरेका हुन् । सोहीअनुसार प्रदेशसभाको हिउँदे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुनेछ ।

प्रदेशसभाको नवौं अधिवेशन अन्तर्गत १२ वटा बैठकहरू सञ्चालन भएको प्रदेशसभा सचिवालयले जनाएको छ । तत्कालीन अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले गत असोज २४ गते प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरेकी थिइन् ।

गत पुस ८ गतेबाट अवरुद्ध बन्दै आएको प्रदेशसभाको बैठक पछिल्लो समय फागुन २९, ३० र चैत ८ गते बसेको थियो । सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउन तयारी अनुसार हिउँदे अधिवेशन अन्त्य गर्ने प्रदेश प्रमुख शर्मा समक्ष सिफारिस गरेको थियो । सरकारले बजेट निर्माणको काम तिव्र रुपमा गरिरहेकाले संसद्को बजेट (वर्षे) अधिवेशन छिट्टै नै आह्वान गर्ने तयारी गरेको जनाइएको छ । रातो पाटि बाट

सम्बन्धित समाचार