गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA-NCC) कतारले आयोजना गरेको कलाकार सम्मान कार्यक्रम भब्य सम्पन्न…..


दोहा कतार / गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA-NCC) कतारले आयोजना गरेको २०१९- २०२३ कार्यकाल र फिफा वर्ल्डकपमा प्रस्तुति दिने कलाकारहरु र सहयोगी संघसस्थालाई सम्मान कार्यक्रम मङ्गलबार भब्य सम्पन्न भएको छ ।

कार्यक्रम मुस्लिम धर्मावलम्बीहरुको बिशेष पर्व इद अल अदाहको अबसर पारेर कतारको दफ्ना स्थित डिप्लोमेटिक क्लबको सभाहलमा एनसीसीका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्व, कतारको लागि नेपाली राजदुत महामहिम डा. नरेश बिक्रम ढकालको प्रमुख आथित्यतामा भएको थियो ।

गैर आवासीय नेपाली संघ कतारको २०१९- २०२३ कार्यकालमा संघले गरेको विभिन्न कार्यकमहरु र फिफा वर्ल्डकप २०२२ मा प्रत्यक्ष रुपमा सहभागी भएर प्रस्तुती दिएका कलाकार, सहयोगी सस्था, पत्रकारहरुलाई धन्यवाद दिन र सम्मानको लागि कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा एनआरएनए आईसीसीका उपाध्यक्ष प्रेम चलाउनेले स्वागत मन्तब्य राखेका थिए भने केही बिशेष अथितिहरुले शुभकामना मन्तब्यसङ्गै आ-आफ्ना भनाईहरु राखेका थिए ।

सोही क्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै उपाध्यक्ष राजेन्द्रकुमार शर्माले नेपालको बिकासको लागि आर्थिक क्रान्ति गर्नु पर्ने र नागरिकको धेरै समस्याहरु अझै समाधान हुन नसकेको तर्क गर्दै अबको नेतृत्व मध्यपुर्बले पाए केही हदसम्म समस्या सुल्झाउन सकिने धारणा व्यक्त गरेका थिए ।

साथै प्रमुख अथिती महामहिम डा.नरेश बिक्रम ढकालले कतरबाट नेपाली कला सस्कृति र नेपाली पहिचानलाई बिश्वब्यापी रुपमा चिनाउन अहम् भुमिका निर्बाह गर्ने सम्पुर्ण कलाकारहरुलाई धन्यवाद दिदै कतारमा रहेका सम्पुर्ण श्रमिकसङ्ग निकट रहेर काम गरिरहेको हुँदा आगामी दिनहरुमा पनि आपसीरुपमा रुपमा एक अर्कालाई सहयोग गर्न आग्रह गरेका छन ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) को कार्यकारी अध्यक्ष बद्री केसी, अध्यक्ष कुल आचार्य उपाध्यक्षहरुमा महेश श्रेष्ठ, धर्मराज अधिकारी, राजेन्द्र कुमार शर्मा, नरेन्द्र भाट, युवा उपाध्यक्षहरु राज रेग्मी, रोशन थापा, सचीवहरु प्रबिन गुरुङ र गङ्गाधर गौतम उप-महासचिव राम शरण सिम्खडा, गणेश केसी, सह-कोषाध्यक्ष होमनाथ शर्मा, युवा संयोजक अब्दुल बासिद, प्रवक्ता सोम सापकोटा लगायत बिशिस्ट आथितिहरुको उपस्थिति रहेको थियो ।

कलाकार बिशेष कार्यक्रम भएकाले बोल्ने वक्ताहरुलाई भन्दा धेरै समय विभिन्न प्रस्तुतिहरुको लागी कलाकारहरुलाई नै दिइएको थियो भने सो समयको सदुपयोग गर्दै थुप्रै कलाकारहरुले आ-आफ्नो साङ्गीतिक प्रस्तुतिहरुले कार्यक्रमलाई सङ्गीतमय बनाएका थिए । साथै कलाकार सहित विभिन्न संघसस्था र केही बिशिस्ट ब्यक्तिहरुलाई मायाको चिनो र सम्मान पत्र दिएर सम्मान गरिएको थियो ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका महासचिव पदम गिरीले सहजीकरण गरेका कार्यक्रमको अन्तमा सभापति मुक्तदाले फिफामा नेपाली कलाकारहरुले प्रस्तुति दिए बापत पाएको नौ (९) हजार रियल र त्यसमाथि एनसीसीले कतारले ६ हजार थपेर १५ हजार रियल (नेपाली करिब ४ लाख ५० हजार ) पारीश्रमिक कलाकारहरुलाई सम्मान प्रत्र र धन्यवाद सहित उपलब्ध गराएको प्रष्ट पारेका छन भने केहि नाम छुटेका कलाकारहरु भए आगामी अधिबेशनमा समेट्ने जानकारी गराउदै आफ्नो कार्यकाल भरी प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए ।

नोट :-एनआरएनए एनसीसी कतारको सास्कृतिक बिभागको प्रमुख सामुयल सुनुवार (साम) हुन ।


प्रकाशित मिति : २०८० असार १३, बुधबार १८:१६ गते

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार

trans escorts near me latina with big breast bbwxnnx.com meru the succubus ova3 best porn on redditt
big natural tits teen teens in panties selfies bigtitspub.net chanelle west coast naked rape x x x, bangla deshi sexy video syren de mer stepmom homedoporn.net shadbase man of the house videos pornos caseros español, porn five nights at freddy's hd p o r n video cuckold69.net danyan cat only fans downliad free porn videos