सानै उमेरमा पर्वतकि आरती परियारले गरेको लोभलाग्दो सफलता कसरी पुगिन फलेबासदेखि जापानको सरकारी निकाय सम्म……

दोहा कतार – पर्बत जिल्लाको फलेबास गाउँमा जन्मेकी आरती परियार अहिले भने जापानको एक प्रतिष्ठित अस्पतालमा कार्यारत छिन, तीन दिदी बहिनी र एक भाइलाई जन्म दिएकी उनकी आमालाई कलिला लालाबाला बाट भगवानले खोसे पछि उनको परिवार अहिले रुपन्देही जिल्लाको खैरेनीमा बसोबास गर्दै आएका छन।

आरती बाल्यकाल देखि नै अति मेहनती र लगनशिल मात्रै नभएर आफ्ना स-साना भाइ बहिनीहरुको अभिभावकको भुमिका समेत आफैले निर्वाह गर्ने एक साहासी छोरी हुन ।

जीवनके हो ? संघर्ष के हो ? भनेर नजिकबाट बुझेको बताउने आरती भन्छिन “कुनै बेला भोक र दु:खले यस्तो सम्म पाठ सिकायो कि इच्छा शक्तिको अगाडी असम्भव भन्ने केही नहुने रहेछ मानिसले जब अठोट गर्छ तब न कसैलाई रङ्ग वर्ग, गरिबी, जात धर्म, भाषा, स्वदेश बिदेश, दिनरात, भोक प्यास, निद्रा कसैले छेकेरे नछेकिने रहेछ।”

दु:ख पिडा पारिवारिक समस्या र यावत कुराले छट्पटाई रहेकी आरतीको मेहनत र लगनशिलता लाई यतिबेला भने भगवानले पनि पक्कै साथ दिएका हुन, बुटवल खैरेनीमा एउटा साधारण मजदुर किसान हुँदै शिक्षिका समेत भएर जिवनयापन गरिरहेकी उनलाई काठमाण्डौ बालाजुमा रहेको सेवा नेपालले नर्सिङ कियरगिभरको लागि जापानीज भाषा पढाउने ईन्स्टिच्युटको बारेमा सामाजिक सन्जाल फेसबुकको माध्यमबाट फ्री मा जापान लैजाने तर बिद्यार्थीले मेहनत गरेर जापानीज भाषा पढ्नु पर्छ भन्ने जानकारी पाएपछि उनी भविस्य र गन्तव्य लाई पछ्याउँदै काठमाण्डौ पुगेकी थिइन ।

काठमाण्डौको रमझम र साथीसङ्गी सङ्गको रमाइलो केही पनि देखिन,आखाबाट निद खोसेर सपना बसेको थियो, भविस्य र परिवारको सपना मात्रै थियो, जापानीज भाषामा नर्सिङ कियरगिभर जम्मा एक वर्ष मात्रै पढेर नाम निकाल्ने आफु नै पहिलो विद्यार्थी भएको बताउने उनी गत वर्ष जेठमा जापान गएकी आरती त्यहाँ नोकरी मात्रै गर्दिनन, जापानको सरकरले दिएको सुविधा अनुसार १२ घण्टा काम गरेर पनि आफ्नो पढाई लाई निरंतरता दिइरहेकी छिन।

त्यति मात्रै नभएर उनले हालै जापान सरकारले दिएको सुविधा अनुसार नर्सिङ्ग लाइसेन्सको लागि दिएको पहिलो परिक्षामा उत्कृष्ट नम्बर ल्याएर जिवनको अर्को सफलता पाएको जनता खबरसङ्गको कुराकानीमा बताएकी छिन । उनको भनाइ अनुसार अबको दुई तीन वटा परिक्षामा पनि राम्रो नम्बर ल्याएर पास हुन सके त्यहाको सरकारि कर्मचारी बनेर बैङ्किङ क्षेत्रमा पनि काम गर्न पाइन्छ।

मेहनत र लगनशिलताले उनी अहिले यति सक्षम भएकि छिन कि आफुले पढेको सेवा नेपाल नामक ईन्स्टिच्युट बाट जापान जाने नयाँ विद्यार्थीहरु लाई सेवा नेपालको अनुरोधमा अन्तरवार्ता समेत लिने गरेकी छिन। नेपाली समाजले होच्याइएर दलित बनाइएको वर्ग र समाजबाट एउटा सफल र उदाहरणीय छोरी बनेकी आरती परियार आफ्नो मेहनत र सक्षमताको यसरी कदर हुँदो रहेछ भन्दै भावुक भएकी थिइन।

आरतीलाई हाम्रो तर्फबाट पनि छिट्टै जापानको उच्च स्तरको सरकारी निकायमा पुगेको देख्न पाइयोस् भन्दै सफलता र उज्जल भविस्यको कामना।

 

 

 

सम्बन्धित समाचार