एनआरएनए मलेसियाले तिज बिशेष सुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम गर्ने

वायु प्रधुशन
nepalijanatakhaba

 

गैर आवासिय नेपाली संघ मलेसियाले हिन्दु नेपाली नारीहरुकाे महान चाड हरितालिका तिजकाे अवसरमा मलेसिया रहेका विशेष गरि महिला दिदिबहिनी हरुको लागि तिज विशेष कार्यक्रम गर्ने भएकाे छ।

 

मलेसियामा रहेका नेपाली महिला दिदिबहिनी हरु जमघट भएर गैर आवासिय नेपाली संघ रहेको र महिला दिदिबहिनी हरुले माइतीको आभास गर्न सकुन र महिला दिदिबहिनी हरुका समस्या खुलेर राख्न सकुन,

भन्ने उदेश्यले संघले तिज बिशेष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।

 

कोभिडका कारण गत बर्ष कार्यक्रम हुन नसेतापनि एसियालि अन्य देशहरु संघ ले मलेसियामा पहिले पनि तिज विशेष कार्यक्रम गर्दै आएको थियो । जस्बाट महिला दिदिबहिनीहरुमा ससक्तिकरण बड्दैजाने आफ्ना समस्या खुलेर राख्न सक्ने र संघमा महिला दिदिबहिनी हरु पनि समेटिनुपर्छ भन्ने मनोभाव बडेर जाने बिस्वास संघले लिएको कार्यक्रम संयोजक तथा एसिया प्यासिफिक क्षत्रीय संयोजक २०२३-२०२५ संयोजक का उम्मेद्बार हरि भट्टराई ले जानकारी दिनुभयो।

 

यहि आउदाे १७ सेप्टेम्बर आईतबारका दिन Hotel Grand Continental मा हुने उक्त शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रममा मनोरंजन दिलाउन गायिका तथा नृत्यङ्गना सम्झना तामाङ , मोडल अनु पराजुली , गायिका भवाना आचार्य र नृत्यङ्गना जुना कार्की लाई,Ria money ( IME ) र acress traval को प्रायोजनमा आमन्त्रण गरिएको

कार्यक्रम आयोजक तथा गैर आवासिय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापाले जानकारी दिनुभयो।

nepalijanatakhabar

समबन्धित समाचार