कतारको फुलबारीमा शुक्रबार “फुलबारी साँस्कृतिक” कार्यक्रम हुँदै….

वायु प्रधुशन
nepalijanatakhaba

दोहा कतार- कतारमा रहेका नेपाली संघ संस्थाहरुले बिगत लामै समयदेखि प्रायजसो प्रत्येक हप्ताको शुक्रबार कुनै न कुनै कार्यक्रम गरेर बिताउने गरेको कुनै नौलो बिषय होइन तर पछिल्लो समय जुन सुकै बिषय सम्बन्धित कार्यक्रम भए पनि कार्यक्रमलाई आकर्षक बनाउन र मनोरञ्जनको रुपमा साङ्गीतिक पाटो अनिवार्य जस्तो भएको छ।

त्यही सिलसिलामा आगामी शुक्रबार अर्थात मे- ३ तारिक कतारको सनैयामा रहेको फुलबारी रेस्टुरेन्टले एउटा अतुलनीय सामाजिक कार्य मानव सेवा आश्रमको सहयोगार्थ “फुलबारी साँस्कृतिक कार्यक्रम -२०२४” आयोजना गर्ने भएको छ।

“फुलबारी रेस्टुरेन्टको चाहाना, नेपाली कला र सस्कृतिको जगेर्ना” भन्ने मुल नारा सहित आयोजना हुन लागेको कार्यक्रममा आफ्नो साङ्गीतिक प्रस्तुति दिन नेपालबाट सर्जक तथा बहुचर्चित लोक दोहोरी गायक पशुपति शर्मा, चिरपरिचित मोडलद्वय करिश्मा ढकाल र सबिता भुसाल कतार आउने भएका छन भने उनिहरु सङ्गै कतारमा रहेर कलाकारितामा आफ्नो नाम स्थापित गराउन सफल करिब दुई दर्जन कलाकारहरुको साङ्गीतिक प्रस्तुतिहरु हेर्न पाइने र कार्यक्रमको तयारी पूरा भइ सकेको कार्यक्रम संयोजक रोशन अर्यालले बताएका छन ।

कुशल कार्यक्रम प्रस्तोता भानु शर्माले सहजीकरण गर्ने कार्यक्रम दिउँसो -२ बजेदेखि साँझ -६ बजेसम्म र साँझ -७ बजेदेखि राती १०:३० बजेसम्म दुई चरण गरि सम्पन्न हुनेछ भने कार्यक्रम स-शुल्क भएको र टिकट काटेर कार्यक्रम हेर्न आउने सम्पुर्णलाई चिया नास्ता सहित खानाको पनि राम्रो व्यवस्था रहने आयोजक टिमले नेपाली जनता खबरलाई जानकारी गराएका छन ।

रेस्टुरेन्ट संचालक श्याम प्रसाद पौडेलले बिगत लामो समयदेखि मानव सेवा आश्रमलाई सहयोग गर्दै आईरहे पनि अहिले आफ्नै रेस्टुरेन्टको सभाहलमा यस्तो पबित्र कार्यको सहयोगार्थ कार्यक्रम आयोजना गर्दै गर्दा आफुलाई निकै खुशी लागेको र सो कार्यक्रममा आउने सम्पुर्ण अतिथि, कलाकार, दर्शक, मिडिया पार्टनर, सहयोगी तथा शुभचिन्तकहरु सबैलाई स्वागत गर्न फुलबारी परिवार आतुर रहेको बताए ।

 

 

nepalijanatakhabar

समबन्धित समाचार