स्याङ्जा सहयोग समाज अन्तर्गतको हरिनास गाउँपालिका ईकाइ कतारले गर्यो बालगृहलाई आर्थिक सहयोग……

दोहा कतार – स्याङ्जा सहयोग समाज अन्तर्गतको हरिनास गाउँपालिका इकाई कतारले गत सालको मे -५-२०२३ मा संस्थाकाे तेश्राे बार्षिकाेत्सब मनाएको थियो ।

सोही कार्यक्रममा इकाईले स्याङ्गजा जिल्ला फेदिखाेला गाउँपालिका वडा नं. १ मा अबस्थित आमाेर सेवा नेपाल (आमाेर बालगृह) काे लागि केही आर्थिक सहयाेग गर्ने प्रतिबद्वता जनाएको थियो र प्रतिबद्धता अनुसार हिजो अर्थात २०८१-०२-१५ / २०२४-०५-२८ गते एक कार्यक्रमको आयोजना गरि सहयाेग रकम नगद रू ५०,००० (पचास हजार) आमाेर सेवा नेपाल (आमाेर बालगृह) लाई हस्तान्तरण गरिएकाे इकाई कतारका महासचिव सुनिल परियारले नेपाली जनता खबरलाई जानकारी गराएका छ्न।

उक्त सहयोग रकम स्याङ्गजा सहयाेग समाज, अन्तराष्ट्रिय सहयाेग समन्वय समितिकाे समन्वयनमा स्याङ्जा सहयोग समाज हरिनास गाउँपालिका ईकाइ कतारका अध्यक्ष रेशम रानाकाे अध्यक्षतामा हरिनास गाउँपालिका ईकाइ कतारका उपाध्यक्ष राजेश मानन्धर सहित हरि गुरूङ, काेषाध्यक्ष लाेकेन्द्र सिग्देल, स्याङ्गजा सहयाेग समाज कतारका निबर्तमान अध्यक्ष धनन्जय लम्साल, स्याङ्गजा सहयाेग समाज आईसीसीका संरक्षक प्रकाश श्रेष्ठ, ख्याम काफ्ले, भानु क्षेत्रीको साथै फेदिखाेला गाउँपालिका वडा नं.१ का वडाध्यक्ष अमृत क्षेत्रिकाे विशेष उपस्थितिमा बालगृहलाई हस्तान्तरण गरिएकाे पनि परियारले बताएका छ्न ।

तपाईलाई यो समाचार पढेर कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला धन्यवाद ।।

👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

 

सम्बन्धित समाचार