परियार मित्रता समाज कतारको ५औं अधिबेशन आगामी अगस्ट-९ मा हुने…..

वायु प्रधुशन
nepalijanatakhaba

दोहा कतार – परियार मित्रता समाज कतारको ५औं अधिबेशन आगामी ०९- अगस्ट २०२४ शुक्रबार सनैयामा रहेको फुलबारी रेस्टुरेन्टको सभाहलमा हुने पक्का भएको छ।

“हातमा हात काँधमा काँध मिलाई अघि बढौं र बढाऔं” भन्ने मुल नारा लिएर -२०१३ मा कतारमा स्थापना भएको समाजले नेपाली नौमती बाजाको साथै दोहामा रहेका नेपाली कलाकारहरुको विभिन्न सांस्कृतिक प्रस्तुतिहरु सहित आफ्नो ५औं अधिबेशन गर्न लागेको समाजका महासचिव सुनिल परियारले नेपाली जनता खबरलाई जानकारी गराएका छन ।

कार्यक्रममा उपस्थितको लागि कतारमा स्थापित सम्पुर्ण संघ संस्था, बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बिशिस्ट व्यक्तित्वहरु, समाजसेवी, बुद्धिजीवीहरु, सामाजिक अभियान्ता एवं व्यवसायीहरु, मिडियाकर्मी तथा पत्रकारहरुको साथै कलाकारहरु लाई समेत पत्राचार गरिसकेको महासचिव परियारले बताएका छन।

त्यस्तै बिहान – ११:३० बजेदेखि सुरु हुने कार्यक्रमको लागि चाहिने सम्पूर्ण आवश्यक तयारी पनि अन्तिम चरणमा पुगेको र यदि पत्राचारको क्रममा कोहि छुट्नु भएको छ भने पनि यसै समाचारलाई आधार मानी कार्यक्रम सफल बनाउनको निमित्त आफ्नै कार्यक्रम सम्झेर उपस्थित भइदिन पनि आयोजक कमिटीले अनुरोध गरेको छ।

समाजले यस अघि पनि अधिबेशन बाहेकका अन्य विभिन्न चेतना मुलक तथा सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ ।

तपाईलाई यो समाचार पढेर कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला धन्यवाद ।।

👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

 

 

nepalijanatakhabar

समबन्धित समाचार