गगन थापा एकासी जंगिए एसपीपीबारे प्रधानमन्त्रीले संसद्‌मा जवाफ दिनुपर्छ भन्दै…..

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद् गगन थापाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि नेपालले सम्झौता गर्न नसक्ने बताएका छन् ।

 

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै थापाले नेपाली सेना संलग्न हुने कुनैपनि नेपाली सहभागी हुन नपाउने भन्दै यसबारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जबाफ दिनुपर्ने बताए ।

 

नले भने, ‘यो प्रस्ताव त्यही बेलामा आएको हो । सरकारले तत्काल उभिएर आफ्नो कुरा प्रष्ट राखेको छ । नेपाली सेना संलग्न हुने कुनैपनि नेपाली सहभागी हुन पाउँदैन् । शक्ति राष्टसँग मिलेर काम काम गर्ने हो । उनीहरुले यो गर, गर कभनेर कसैले भनेको सुन्ने होइन । प्रधानमन्त्रीले यस्तो सम्झौता नेपालले गर्दैन भनेर आफ्नै शैलीमा हुँदैन हुँदैन हुँदैन भनेर जवाफ दिनुपर्छ ।’

 

उनले नेपालले विकासका लागि सबै मित्रराष्ट्रहरूसँग मिलेर काम गर्नुपर्ने, तर उनीहरूले यो गर वा त्यो गर भनेको कुरा सुन्न नहुने बताए । उनले एसपीपीबारे प्रधानमन्त्रीले आफ्नै शैलीमा संसद‍्‍मा उपस्थित भएर ‘हुँदैन, हुँदैन, हुँदैन’ भन्ने प्रष्ट जवाफ दिनुपर्ने बताए । न्युज २४ बाट

nepalijanatakhabar

समबन्धित समाचार