तीजको अवसरमा NRNA क्षेत्रीय समिति जोहोरले दर खाने तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना ।

तीज पर्व भन्नासाथ चेलीमाइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रूपमा बुझ्छौं । यस अवसरमा चेलीहरू माइत आउँछन् । दुग्धजन्य परिकार सेवन गर्छन् । उपवास बस्छन् । रातो, हरियो, पहेंलो रंगको पहिरनमा सजिन्छन् । चुरा, पोते लगाउँछन् र नाचगान गर्छनुको साथै गीतको माध्यमबाट मनको वह पोख्छने गर्दछन् अहिले तीजको स्वरूप पनि फेरिदै गएको छ ।

नेपालीका लागि नेपाली भन्ने मुल नाराको साथ स्थापित सामाजिक संस्था गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति जोहोर (एनआरएनए) मलेसियाको आयोजनामा तीज विशेष कार्यक्रम नेपाली हिन्दु धर्मावलम्बीहरुको महानचाड हतितालिका तीजको अवसरमा मलेसियामा कार्यरत महिलाहरुले दर खाने र शुभकामना आदानप्रदान गर्ने कार्यक्रम आयोजना हुने भएको छ ।

उक्त कार्यक्रममा बिभिन्न व्यवसाय खेलाडी पत्रकार मुद्दिजिवि समाजसेवी लगाएतका व्यक्तिहरुको उपस्थिति रहने आउँदो मिति २०२४ अगष्ट ३१ गतेका दिन एनआरएनए क्षेत्रीय समिति जोहोरको कार्यलय लार्किङ दिउसो १२ बजे देखि ५ बजे सम्म उक्त कार्यक्रम हुने नेपाली जनता खबर लाई सचिब छविलाल गिरीले जानकारी दिनुभयो।

सम्बन्धित समाचार