प्रवासी भुजेल समाज कतारको १४औं स्थापना दिवस तथा चेलीबेटी भेटघाट कार्यक्रम भब्य सम्पन्न….

दोहा कतार – “भुजेल जातिको विकास र उन्नतिको आधार सांस्कृतिक चेतना शिक्षा र रोजगार’भन्ने नाराको साथ सन् २०१०मा स्थापना भएको प्रवासी भुजेल समाज कतारले आफ्नो १४औं स्थापना दिवसको अवसर पारेर आयोजना गरेको चेलीबेटी भेटघाट तथा साँस्कृतिक कार्यक्रम शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ ।

प्लाजामल स्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा समाजका अध्यक्ष बिकाश भुजेलको सभापतित्व, नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष डि.एन मगरको प्रमुख आतिथ्यता र कतारमा स्थापित विभिन्न संघ संस्था, बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक ब्याक्तित्वहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

ब्यानर अनावरण र दीप प्रज्वलन सहित केक काटेर सुरु गरिएको कार्यक्रममा समाजका बरिस्ठ उपाध्यक्ष सन्तोष भुजेलले उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेका थिए भने बिष्णु भुजेल र मिना भुजेलले स्वागत नृत्य प्रस्तुत गरे सङ्गै औपचारिक रुपमा कार्यक्रम अघि बढेको थियो ।

कार्यक्रममामा उपस्थित मध्ये अधिकाङ्श संघसस्था तथा बिशेष ब्यक्तिहरुलाई शुभकामना मन्तव्य राख्ने समय उपलब्ध गराइएको थियो भने उत्तिकै सङ्ख्यामा कलाकार हरुले साँस्कृतिक प्रस्तुति राखेका थिए । सुरुदेखि अन्तसम्म चुस्तदुरुस्त र मनोरञ्जनात्मक तरिकाले संचालित कार्यक्रममा बोलेका एनसीसी उपाध्यक्ष केशव कार्कीले फोटोकपी गर्ने मेसिनसहित श्रमिक डेस्क स्थापना गर्न एनसीसी कतारले पहल थाले पनि नेपाली दूतावास कतारले विभिन्न बहाना बनाएर आलटाल गरिरहेको बताए भने अन्य प्राय जसो वक्ताहरुले पनि पछिल्लो समय राजदुतावासमा देखिएको पासपोर्ट नवीकरणको विषयमा प्रश्न उठाउदै कतारमा नेपाली समाज र बिशेष गरि श्रमजीवी आम नेपाली दिदिबहिनीहरुले झेल्दै आएका समस्याहरु माथी आ-आफ्नो महत्त्वपूर्ण भनाइहरु राखेका थिए ।

संस्थाका महासचिव दुर्गा भुजेल र महिला संयोजक सारदा भुजेलले संयुक्त रुपमा सहजीकरण गरेका कार्यक्रममा संस्था स्थापना कालदेखी १४औं वसन्त पार गर्दा सम्म समाजको प्रगति, चुनौती र सम्भावनाको स्मरण गर्दै संस्था संचालनको लागि गरिएका प्रयास र कठिनाइहरु बारे समजका संरक्षक शिव कुमार भुजेलले प्रष्ट पारेका थिए ।

कार्यक्रममा साँस्कृतिक प्रस्तुतिहरु अन्तर्गत गायन तर्फ सरला तामाङ, मानसिंङ परियार, गुना मगर “निशु”, रमजान मियाँ, एन्जल राई, बाबु कौशल सञ्जीव बि.क, सोम विश्वकर्मा र नृत्यङ्गनामा शर्मिला भुजेल, विष्णु भुजेलले प्रस्तुति दिएका थिए । विष्णु भुजेलले  र नवीन बाबुले कविता वाचन समेत गरेका थिए भने धन बहादुर भुजेलको कमेडी नृत्यले छुट्टै माहोल बनाएको थियो ।

शुभकामना मन्तव्य राख्ने क्रममै प्रमुख अतिथि मगरले श्रमिकका समस्या र पासपोर्ट सलटका बारेमा दूतावासलाई झकझकाउने प्रमुख काम राजनीतिक दलको रहेको र त्यसका लागि दल सक्रिय भएर लाग्नु पर्ने बताए । उनले भुजेल समाजले आयोजना गरेको चेलीबेटी भेटघाट कार्यक्रममा जनजाती महासंघ भित्रका महिला प्रतिनिधिहरूलाई आफ्नो भनाई राख्ने अवसर दिएकोमा खुशी हुँदै समाजको प्रशंसा गरेका थिए ।

कार्यक्रमको अन्तमा सभापति तथा समाजका अध्यक्ष भुजेलले कार्यक्रम सफल बनाउनको निम्ति अहोरात्र खट्ने समाजका पदाधिकारी टिम र अन्य प्रत्येक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्ण प्रति धन्यवाद दिदै आउने दिनहरुमा पनि समाजले यस्तै साथ सहयोगको अपेक्षा राख्ने बताउदै कार्यक्रम समापन गरेका थिए भने आसन ग्रहण कार्यक्रममै विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अतिथिहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

र कार्यक्रमको अन्तमा महिला संयोजक तथा कार्यक्रम संचालिका सारदा भुजेललाई पनि समाजले दोसल्ला ओढाएर सम्मान गरेको थियो भने कार्यक्रमको मध्यतिर तमु ( गुरुङ ) समाज कतारले समाजलाई कोसेली उपहार पनी प्रदान गरेको थियो ।

 

 

 

 

सम्बन्धित समाचार