रोल्पाली सेवा समाज कतारको मानव सेवा आश्रम सहयोगार्थ दशैं तिहार बिशेष विविध साँस्कृतिक कार्यक्रम आगामी शुक्रबार…..

दोहा कतार – नेपालीहरुको महान पर्व बिजय दशमी तथा शुभ तिहार (दिपावली) एवं छटको अवसरमा रोल्पाली सेवा समाज कतारले आयोजना गरेको दाङ जिल्लाको घोराही उपमहानगरपालिकामा रहेको बाल शान्ति गृह मानव सेवा आश्रमको सहयोगार्थ दशैं तिहार बिशेष विविध साँस्कृतिक आगामी शुक्रबार गर्ने अर्थात अक्टोबर- ४ तारीख हुने भएको छ ।

सनैया स्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा हुने उक्त कार्यक्रमको लागी कतारमा स्थापित सम्पुर्ण संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, बिशिस्ट ब्याक्तित्व, सामाजिक अभियान्ताहरु, मिडियाकर्मी, पत्रकार, कलाकारहरु लगायत लाई पत्राचार गरि सकिएको समाजका अध्यक्ष गोपाल डाङ्गीले नेपाली जनता खबरलाई जानकारी गराएका छन ।

“संसारभर छरिएर रहेका रोल्पालीहरु गोलबन्द हौं” भन्ने मुल नारालाई आत्मसात गर्दै बि.सं.- २०७५ मा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतार शाखाको रुपमा स्थापना गरिएको समाजले तेस्रो अधिबेशनबाट नाम परिवर्तन गरि रोल्पाली सेवा समाज कतार राखेको पनि अध्यक्ष डाङ्गीले बताएका छन ।

बिहान ११ बजेबाट औपचारिक रुपमा सुरु हुने कार्यक्रमको आवश्यक सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक दुर्गा बहादुर खड्काले बताए भने दशै तिहार तथा छ्टको शुभकामना आदानप्रदान सहित कतारमा रहेर कलाकारितामा आफ्नो उच्च स्थान बनाउन सफल करिब डेढ दर्जन कलाकारहरुको उत्कृष्ट साँङ्गीतिक प्रस्तुति सङ्गै रम्न र केही साहित्यकारहरुको साहित्य वाचन पनि सुन्न सकिने छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्टलाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

सम्बन्धित समाचार