पहिलो फिल्म नै अन्तिम नहोस् भन्नेमा सजग छु : गरिमा शर्मा

६ पुस, काठमाडौं । म्युजिक भिडियोमा राम्रै सफलता पाइरहेकी मोडल गरिमा शर्मा चलचित्रमा पाइला चाल्ने तयारीमा छिन् । उनलाई केही चलचित्रबाट अफर पनि आइरहेको छ ।

 

चलचित्र ‘सुदूर’बाट गरिमालाई अफर आएको चर्चा भएपनि अहिले सेलाएको छ । गरिमालाई अन्य केही चलचित्रबाट पनि अफर गएको छ । तर, सम्झौता नगरेसम्म सार्वजनिक नगर्ने गरिमा बताउँछिन् ।

 

 

 

 

पहिलो चलचित्रका लागि आफू अत्यन्तै सजग रहेको उनको भनाइ छ । गरिमा भन्छिन्, ‘पहिलो चलचित्र नै अन्तिम चलचित्र नहोस् भन्ने हरेकको चाहना हुन्छ । मलाई दर्शकले म्युजिक भिडियोमा साधारण भूमिकामा देखिरहनुभएको छ । भोलि मैले चलचित्रमा निर्वाह गर्ने भूमिका मलाई सुहाउँछ कि सुहाउँदैन भन्नेमा म सजग हुनैपर्छ ।’

 

नेपाली चलचित्रमा नयाँ नायिकाको खोजी भइरहेको समयमा अहिले म्युजिक भिडियोमा चलेका मोडलहरु पनि धेरै मेकरको नजरमा परेका छन् ।

सम्बन्धित समाचार