सुदूरपश्चिमेली नेपाली समाज भारतको दोस्रो महाधिवेशन सम्पन्न

दिनेश खड्का’खप्तडी’

 

भारत। सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली भने मुलनाराको साथ सुदूरपश्चिमेली नेपाली समाज भारतको दोस्रो महाधिवेशन सम्पन्न भएको छ।

 

सुदूरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष दिपक प्रकाश मल्लको सभापतित्वमा भएको अधिबेशन कार्यक्रममा प्रमुख अथिति सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका दिर्तिय उपाध्यक्ष रामचन्द्र ओझा रहनुभएको थियो ।

 

कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका द एसिया संयोजक दिनेश खड्का’खप्तडि,सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष तुलाराम धामि,सुदूरपश्चिमेली नेपाली समाज साउदी अरेबियाका बरिष्ठ उपाध्यक्ष पदम महत ,सुदूरपश्चिमेली नेपाली समाज साउदी अरेबियाका कोषाध्यक्ष राम बहादुर रोकाया,सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका संरक्षक समिर मल्ल,सुदूरपश्चिमेली नेपाली समाज साईप्रस का अध्यक्ष डम्बर बहादुर खड्का र भारतमा क्रियासिल संघ संस्था लगायत विभिन्न देशबाट समाजको प्रतिनिधित्व गर्दै अथितिको रुपमा सहभागी भएका थिए।

 

भारत लगायत प्रवासमा रहेका सुदूरपश्चिमेलीहरुको हकहीत, अधिकार,सुरक्षाका साथै प्रवासबाट सुदूरपश्चिमको आर्थिक, सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्यले पाँच वर्षअघि सुदूरपश्चिमेली नेपाली भारतमा गठन भएको थियो।

 

आईतबार भर्चुअल मार्फत भएको महाधिवेशनले कटक बहादुर बिष्टको अध्यक्षतामा ३५ सदस्यि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।जस्मा बरिस्ठ उपाध्यक्षमा दिपक खड्का,प्रथम उपाध्यक्षमा मान ब साउद,दितीय उपाध्यक्षमा बल बहादुर जयगडी,महासचिवमा महादेव भट्ट,सचिव कबिराज पाण्डेय,कोषाध्यक्षमा बासुदेव जोशि,सह कोषाध्यक्षमा हर्क रावत,महिला संयोजकमा अमृता ढकाल रावल,भारत उत्तर संयोजकमा दिपक धमला,सह-संयोजकमा केशव दत्त भट्ट,भारत पश्चिम संयोजकमा डिल्ली राज जोशी,सह-संयोजकमट पदम साउद,भारत दक्षिण संयोजकमा हर्क देउवा,सह संयोजकमा धिरज बिष्ट,सदस्य तथा खेलखुद बिभागमा जनक ढुंगाना चयन भएका छन् ।

 

यसैगरी सदस्य हरुमा क्रमशःगणेश बोगटी,अनील बलायर,राम बहादुर खडायत,भिम बहादुर ज्वाला,अमर ऐर,जयदेव भट्ट,विशाल रोकया,चन्द्रकान्त भण्डारी,कुशल सावद,तारामान साउद,धर्मराज धमाला,गोपाल दत्त जोशी,केशर सावद, शंकर खड्का,पुरन धमाला,बिजय बि सी रहेको छन ।

 

यस्तै तिन सदस्यिय सल्लाहकार समिति पनि गठन गरिएको छ । बरिस्ठ सलाहकारमा महोन बिर साउद,सल्लाहकार क्रमशः चंद्र कुँवर,नागेन्द्र जोशी लाई चयन गरिएको छ भने महिला संयोजक र दुई जना सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनित गरिने छ ।

 

सुदूरपश्चिमेली नेपाली समाज भारत का सह-कोषाध्यक्ष बासुदेव जोशिको स्वागत मन्तव्य बाट भयको उद्घाटन सत्र कार्यक्रमको सन्चालन सुदूरपश्चिमेली नेपाली समाज भारत पश्चिम संयोजक कबिराज पाण्डे र कोषाध्यक्ष महादेव भट्टले गर्नु भएको थियो ।

 

 

 

सम्बन्धित समाचार