परराष्ट्रमन्त्री नारायण खड्काले भने ५३३ नेपालीलाई सुरक्षित रुपमा युक्रेनबाट अन्य देशमा पठाइयाे

परराष्ट्रमन्त्री नारायण खड्काले नेपालको संविधानले निर्धारण गरेको असंलग्न परराष्ट्र नीति अन्तर्गत नै युक्रेकका बिषयमा नेपालले धारणा तय गरेको दावी गर्नुभएको छ ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले रुसले आक्रमण गरेको युक्रेनको नेपालले पक्ष लिनु कुनै गुटमा नलागी मानवीयताको पक्षमा मात्र भएको र यो असंलग्न परराष्ट्र नीति अन्तर्गत नै रहेर गरिएको बताउनुभएको हो ।

उहाँले ५३३ नेपालीलाई सुरक्षित रुपमा युक्रेनबाट अन्य देशमा पठाइएको जानकारी दिँदै आफ्ना नागरिकको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाले शान्तिपूर्ण सहअस्तित्वको विषय पनि असंग्लन अन्तर्गत पर्ने धारणा राख्नुभयो । त्यस्तै उहाले चीनसँग उत्तरी नाकामा देखिएको समस्या समाधानका लागि नेपाल सरकारले चिनियाँ पक्षलाई आग्रह गरेको जानकारी दिनुभयो ।

खड्काले सुमधुर सम्बन्ध रहेका चीन र नेपालले सबै विषयलाई संवाद र समन्वयको माध्यमबाट अघि बढ्ने प्रयास गरेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा उहाले अफगानिस्तानको मानवीय सङ्कटमा सहयोग पु¥याउनका लागि नेपालले सक्रियता देखाएको र त्यसले मानवीय सेवामा ठूलो सन्देश गएको दावी गर्नुभयो ।

मन्त्री खड्काले छिटै नै नेपालमा विदेशी मुलुकबाट उच्च स्तरीय भ्रमण हुन लागेको पनि जानकारी गराउनुभयो ।

सम्बन्धित समाचार