९० किलो गाँजासहित एकजना भारतीय नागरिक परे पक्राउ

मकवानपुर प्रहरीले ९० किलो लागुऔषध गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अलि रहेका छन् ।

मनहरी गाउँपालिका-६स्थित पुर्वपश्‍चिम लोकमार्ग सडकखण्डमा चितवनतर्फबाट मनहरी आउँदै गरेको भारतीय ट्रकलाई चेक जाँच गर्दा क्‍याबिनमा गाँजासहित उनलाई ईलाका प्रहरी कार्यालय मनहरीले पक्राउ गरेको हो ।

अलिलाई उक्त लागुऔषध गाँजा, ट्रक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

सम्बन्धित समाचार