फेरी बढ्यो ग्यास र पेट्रोलियम पदार्थको भाउ : हेर्नुस् मूल्य सुची सहित !

काठ्माण्डौ : नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । त्यस्तै डिजेल र मट्टितेल पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ ।

 

 

 

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ ।

 

 

आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने छ ।यसअघि निगमले चैत २ गते पेट्रोलियम पदार्थको भाउ बढाएको थियो ।

 

 

 

सम्बन्धित समाचार