रिहा भएपछि गीतकार दर्पण राईले भने : मलाई फसाउन खोजियो’ विना प्रमाण ठगीको भिल्ला भिराउनेहरुमाथि कानुनी उपचार खोज्नेछु ।

 

काठमाडौं – बाउन्स चेकको उजुरीपछि पक्राउ परेका चर्चित गीतकार दर्पण राई रिहा भएका छन् । पाटन उच्च अदालतको आदेशपछि उनी विना सर्त मंगलबार रिहा भएका हुन् ।

 

 

 

आन्तरिक व्यवहार भएकाले उजुरीकर्तसँग मिलापत्र गरेर रिहा भएको मोडल समेत रहेका गीतकार राईले बताए । रिहापछि दर्पणले आफूमाथि दुश्मनी लागेको बताएका छन्।

 

 

व्यवहारमा कहिलेकहीँ तलमाथि हुन्छ’ उनले भने, ‘तर, मैले कारोबार मिलाउँदै आएको थिएँ । त्यति हुँदाहुँदै पनि मलाई साथीभाईले फसाउन खोजे ।’ आफ्नो गल्ती नभएकै कारण अदालतले विनासर्त रिहा गर्न आदेश दिएको दर्पणको भनाइ छ ।

 

 

म’ माथि अन्याय भयो’ दर्पणले भने, ‘मलाई बाउन्स चेक प्रकरणमा पक्राउ गरिएको थियो । तर, म माथिको पक्राउ वैधानिक थिएन ।’ आफूलाई बैंकले समेत बाउन्स चेकबारे जानकारी नगराएको बताए ।

 

 

यदि चेक बाउन्स भएमा सम्बन्धीत बैंकले खातालाई जानकारी गर्नुपर्ने हुन्छ । र, तीन पटकसम्म जानकारी गराएर पनि बेवास्ता गरेमा मात्र भुक्तानी पाउने व्यक्ति वा संस्थाले प्रहरीमा उजुरी गर्नुपर्ने हुन्छ ।

 

तर, आफूलाई बैंकले कुनै जानकारी नगराएको गीतकार दर्पणले बताए । आफ्नो काममा व्यस्त रहेकै बेला अचानक आफूमाथि भएको षडयन्त्रप्रति गीतकार दर्पण राई दुखित भएका छन् ।

 

 

दर्पणबारे आएका समाचारहरुका अनुसार दर्पण राई ४८ लाखको चेक बाउन्स प्रकरणमा मुद्धामा पक्राउ परेका थिए । केही अनलाइनहरमा ‘ठगी आरोपमा दर्पण पक्राउ परे’ भन्ने शीर्षकमा समेत समाचार आएको थियो । त्यसप्रति दर्पणको गुनासो छ ।

 

 

‘मैले ठगी गरेको होइन, व्यवहार गर्दै जाँदा केही तलमाथि भएको हो’ दर्पणले भने, ‘तर, केही नजिकै साथीहरुले मलाई ठगीको आरोप लगाउँदै समाचार बनाए । त्यसप्रति मेरो चित्त बुझाइ छैन ।

 

 

यदि ठगी गरेको भए अदालतले मलाई किन सफाइ दिन्थ्यो ? मलाई ठगीको आरोप लगाउनेहरुलाई मेरो प्रश्न छ। अदालतले न्याय दिएकामा उनले खुसीसमेत व्यक्त गरे।

 

उनले भने, ‘आखिर न्यायलय भनेको न्यायालय नै रहेछ ।’ आफूलाई विना प्रमाण ठगीको भिल्ला भिराउनेहरुमाथि कानुनी उपचार खोज्नेसमेत दर्पणले बताए ।

 

सम्बन्धित समाचार