राप्रपा अध्यक्ष लिङ्देनको भनाइ देश इतिहासकै कठिन ढंगबाट चलिरहेको

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा चुनाबी सभा गरेको छ ।

देशका विभिन्न सहरमा कार्यक्रम गरेपछि राप्रपाले आज काठमाडौंमा आमसभा गरेको हो ।

स्थानीय तह निर्वाचनको चुनाव लक्षित सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वअध्यक्षद्वय पशुपतिशम्शेर जबरा, डाक्टर प्रकाशचन्द्र लोहनीलगायत नेताहरू सहभागी हुनुभएको थियो ।

कार्यक्रममा नेता–कार्यकर्ताहरू हलो, झण्डा र पम्पलेटसहित उपस्थित भएका थिए । अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ पछि नेपाली काँग्रेस एमाले र माओवादीको गठबन्धनको शिकार भएको आरोप लगाउनुभयो ।

चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश सामान्य अवस्थाबाट देखेजस्तो नभएको भन्दै इतिहासकै कठिन ढंगबाट चलिरहेको धारणा राख्नुभयो ।

सम्बन्धित समाचार