सोताङ गाउँपालिका मा माओवादीको राम्रो चहलपहल

सोलुखुम्बु जिल्ला को बिकट मानिएको कोशि पारिको सोताङ गाउँपालिका प्रमुख को लागि नेकपा माओवादी केन्द्रले दिपक खड्का लाई उम्मेद्बार बनाएपछी सोताङ माओवादीमय बनेको छ ।

 

सोताङ गाउँपालिकामा अरु पार्टी हरुको उम्मेदवार चयनमै बिबादास्पद कुराहरु उठिरहेको युवा नेता दिपक खड्का लाई पार्टीले टिकट दिएकोले पनि माओवादी पार्टी भित्र त्याग गर्नसक्ने बरियता क्रमका नेताकार्यकर्ता रहेको देख्न सकिन्छ ।

 

 

गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार उठेर झिनो मत ले एमाले सङ पराजित भएर दोस्रो बरियताक्रम हासिल गरेका दिपक खड्काले हुलु देवीडाडा बाट सोताङबासिका निम्ति गाउपालिका सम्म निजि आर्थिक ब्यबस्थापन मा सडक संजाल पुर्याएर उनी सोताङबासीमा निकै प्रीय छ्न । पछिल्लो समय अरु पार्टी परित्याग गरि माओवादी केन्द्र तिर आकर्सित जनमतलेपनि माओवादी केन्द्र सोताङ को बिजयको आधार स्पस्ट देखिन थालेको छ। लामो समय देखि एमालेभित्र गोल्बन्द भएका नेता कार्यकर्ता अनि काङ्ग्रेस परित्याग गरेर माओवादी केन्द्र तर्फ आउने जनमतले यसपालीको सोताङ गाउपालिका को अध्यक्षमा दिपक खड्का लाई बिजय गराउने निश्चित जस्तै भएको छ ।

 

गाउँ समाजको लागि केही नगरेका अरु पार्टी र नेताले विभिन्न खालका प्राचार र आस्वसन देखाउदै चुनावताका गाउमा आएर भाषण मात्रै गर्ने गरेको भन्दै दिन रात नयाँ अनुहारहरु पार्टी प्रवेशको लर्को लागिरहेकोले माओवादी केन्द्र सोताङले आम सबैको जन जिबिकामा देखिने गरि प्रभावकारी कार्ययोजना सहित काम गर्नेमा आम सोताङ बासी आस्वस्त छन।

 

 

 

सम्बन्धित समाचार