वैशाख २५ गते आइतबार, यस्तो छ तपाईको राशिफल हेर्नुस् सेयर गरी दक्षिणकाली को दर्शन गरौ

भोलि वैशाख २५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :

खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दा मामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् ।

 

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :

समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्छ । मान सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । आज रोकिएका काम बनी, नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ । दिन सामान्य नै छ । बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् ।

 

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :

अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक्छ, सजक रहनुहोला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर, परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनु होला । राजनीतिक पहुँच बढ्नेछ । भूमि लगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ, सावधान रहनु होला ।

 

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :

राष्ट्रियस्तरको मान सम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुनेछ । काममा आफन्तको सहयोग जुट्न सक्छ । ढाड वा जोर्नीको समस्याले सताउन सक्छ । आम्दानी बढ्नाले उत्साह थपिनेछ । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ ।

 

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :

परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला । सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । आत्मीय जनसँग भेटघाट हुनेछ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ ।

 

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :

अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । टाढाको यात्राबाट धन लाभ हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार व्यवसायमा राम्रै फाइदा हुनेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । भूमिबाट प्रशस्त फाइदा मिल्नेछ । साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् ।

 

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :

सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला । दण्ड जरिवानाको पनि सम्भावना छ । पति पत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । शिर तथा पेटको समस्याले सताउन सक्छ । चिताएको काममा ढिलासुस्ती हुनेछ । अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ ।

 

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :

व्यापार व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ । स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ । दाजुभाइ तथा दिदिबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला ।

 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :

आज ब्यापारबाट प्रशस्त धन लाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ । राजनीतिक पहुँच बढ्नेछ । कुनै नयाँ काम प्रारम्भ हुन सक्छ । आर्थिक समस्या पनि समाधान हुनेछ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ ।

 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :

रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । घर जग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ । पठन पाठनमा राम्रो उन्नति हुनेछ । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । टाढाको यात्राको सम्भावना पनि रहेको छ । विभिन्न अवसरले पछ्याउनेछन् ।

 

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :

काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथै पुरानो रोगले पुनः दुःख दिन सक्छ । घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । तापनि, प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्नेछ ।

 

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :

चोट पटक वा हाड जोर्नीमा समस्या आउने देखिएकाले सवारी साधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला । आर्थिक समस्या समाधान हुनेछ । पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्छ ।

 

वैशाख २४ देखि ३० गतेसम्म कस्तो रहला तपाईको दिन, हेर्नुहोस् राशिफल

 

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

यो साता परोपकारमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । व्यापारमा मनग्ये धन लाभ हुन सक्छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न पनि सक्छन् ।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

यो साता नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनसक्छ । राज्यबाट सहयोग मिल्ने देखिन्छ । शेयर बजारबाट पनि राम्रै लाभ मिल्न सक्छ । साताको उत्तरार्धबाट पढाई लेखाइमा बाधा आउन सक्छ । व्यापार व्यवसायमा नोक्सानी पनि होला ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

यो साता बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । स्वास्थ्यमा सुधार पनि आउला, तर पुँजी बजारको लगानीमा ह्रास आउन सक्छ ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

यो साता शुभकार्यको चर्चा चल्नेछ । सरुवा र बढुवाको योग छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । व्यवसायका लागि नयाँ व्यक्तिसँग सहकार्यको सम्भावना छ । मध्य सातामा नजिकैका व्यक्तिबाट कार्यमा बाधा आउन सक्छ ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

यो सातामा अनावश्यक ठाउँमा धन खर्च होला । शत्रुपक्ष पनि हावी हुन सक्नेछन् । साताको मध्यबाट भने एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । लगानी गरेको ठाउँबाट राम्रै प्रतिफल पाइएला । शेयरबजारले पनि साथ दिने देखिन्छ ।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

यो साता कतै घुम्न जाने योजना बन्न सक्छ । प्राविधिक काममा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । नयाँ काम प्रारम्भ गर्न सकिनेछ । साताको अन्त्यमा भाग्य शक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला ।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

यो साता धार्मिक यात्राको योग छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । रोकिएका कामको पुन: थालनी हुनेछ । शैक्षिक क्षेत्रमा सफलताको योग छ । मध्य सातामा मनमा छटपटी बढ्नाले दुबिधा रहला ।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

यो साता सफल यात्रा हुनेछन् । कलकारखाना र बन्द व्यापार पुन: सुचारु हुनेछन् । शेयर बजारले साथ दिनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । गरेको कार्यमा सफलता पनि मिल्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

यो साता महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । राजनैतिक कार्यमा बाधा आउनेछ । कुनै कुराले चित्त पनि दुख्न सक्छ । मध्य साताबाट प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न पनि सक्छन् । शेयर बजारबाट पनि राम्रै लाभ मिल्न सक्छ ।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

यो हप्ता नयाँ र शुभ समाचार सुन्न पाइनेछ । राजनैतिक र सामाजिक कार्यमा मन जाला । लामो समयदेखि रोकिएका धन हात पर्न सक्छ । प्राविधिक कार्यमा प्रगति हुनेछ । राजनैतिक क्षेत्र र समाजमा कीर्ति वृद्धिका योग पनि देखिन्छन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

यो साता सफल यात्राको योग छ र शत्रु पराजित हुनेछन् । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । साताको अन्त्यमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

यो साता रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ । व्यापारमा मनग्ये धन लाभ हुन सक्छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । साताको अन्त्यमा स्वास्थ्यमा समस्या आउन सक्छ । (अधिक जानकारीका लागि 977-9849559502)

सम्बन्धित समाचार