मतदातालाई पैसा बाँडेको आरोपमा सिरहामा माओवादी कार्यकर्ता पक्राउ!

 

जनकपुरधाम – सिरहामा मतदातालाई पैसा बाँडेको आरोपमा एकजना पक्राउ परेका छन् । बुधबार दिउँसो नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता प्रेमकुमार लामालाई प्रहरीले पक्राउ गरेको हो ।

 

 

 

लामालाई गोलबजार नगरपालिका–२, गुरुधाममा एक मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा टोलवासीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए । स्थानीय भुला महतोलाई रकम बाँडेको आरोपमा उनी पक्राउ परेका हुन् ।

 

 

प्रहरीले लामाको साथबाट नमुना मतपत्र र नौ हजार रुपैयाँ बरामद गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (१२खरी बाट)

 

सम्बन्धित समाचार