वैशाख ३० गते शुक्रवारको हेर्नुस् राशिफल सेयर गरी मनकामना को दर्शन गरौ

वि.सं. २०७९ वैशाख ३० गते शुक्रवार तदनुसार ई. सं. २०२२ मई १३ तारिख, नल नामक संवत्सर, शाके :– १९४४, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४२, (वछलाथ्व), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ ०६:३४ बजे, चन्द्रोदय : दिउँसो ०३:३१ बजे र चन्द्रास्त : भोलि बिहान ०२:४० बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१८ बजे र सूर्यास्त : साँझ ०६:४३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२३ बजे र सूर्यास्त : साँझ ०६:५० बजे, वैशाख शुक्लपक्षको द्वादशी तिथि, दिउँसो ०२:५१ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, हस्ता नक्षत्र, दिउँसो ०४:४२ बजेसम्म, त्यसपछि चित्रा नक्षत्र, चन्द्रमा कन्या राशिमा, मध्यरात्रीपछि ०४:३३ बजेसम्म, त्यसपछि तुला राशिमा, वज्र योग, दिउँसो ०१:५३ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा बालब करण दिउँसो ०२:५१ बजेसम्म, त्यसपछि कौलव करण मध्यरात्रीपछि ०२:२० बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : अमृत, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : नैऋत्य (दिउँसो ०२:५१ बजेसम्म), त्यसपछि दक्षिण, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये मृत्यु वाण : बिहान ०७:३६ सम्म, त्यसपछि अग्नि वाण, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य, आज : श्री शुक्र प्रदोष व्रत (दाम्पत्यसुख, प्रेमजीवन र सुखसम्मृद्धिका लागि), कोका कोसीको सङ्गममा मत्स्य दर्शन, आजको मुहूर्त : शुभविवाह, अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कर्णवेध(कान छेड्ने), अक्षरारम्भ, पसल थाप्ने (दोकान खोल्ने), गृहारम्भ (घरको जग राख्ने), शिलान्यास (सामान्य), गृहप्रवेश, गृहवास्त, वस्त्राभरण (नयाँ लुगा वा गहना लगाउने), कलशचक्र (द्रष्टव्य : मृत्युवाण विचार गरी कार्य गर्ने)

 

 

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ३१ गते : वैशाख मसान्त, श्री नृसिंह जयन्ती, मुहूर्त : शुभविवाह, शिववास (रुद्रीपूजा/रुद्राभिषेक), गृहारम्भ (घरको जग राख्ने), गृहप्रवेश, गृहवास्त, द्रव्यप्रयोग (लगानी), कलशचक्र, ०१ गते : ज्येष्ठ सङ्क्रान्ति, पूर्णिमा व्रत, श्री कूर्म जयन्ती, स्याङ्जा लसर्घामा आलम देवी पूजा, , मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), द्वारचक्र (दैलो राख्ने), कलशचक्र, ०२ गते : उभौली पर्व, चण्डी पूर्णिमा, गौतमबुद्ध जयन्ती, गोठको धूप गर्ने दिन, गोरखनाथ जयन्ती, वैशाख स्नानको समाप्ति, घाँटु नृत्य विसर्जन, बन्दिकापुरमा चण्डेश्वरी रथयात्रा, स्वायापुह्नि, रानीकोटमा श्री बाघभैरव पर्व, ललितपुर, गोटिखेलमा वैतरणी धाम स्नान, मुहूर्त : शुभविवाह (द्रष्टव्य : मृत्युवाण विचार गरी कार्य गर्ने)

 

 

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

अर्काका कुरा सुनेर पार्टनरको जीवनचर्या र व्यवहारमा शङ्का नगर्नु होला, नत्र आपसी समन्वय भताभुंग हुने डर हुन्छ । अवरुद्ध कार्यलाई पूरा गर्न पाउँदा अपार आनन्दको अनुभूति हुनेछ । स्वास्थ्यगत कमजोरीको अनुभूति हुनेछ, आवश्यक भए चिकित्सकको परामर्श लिनु राम्रो हुन्छ । मानसिक अशान्ति, छटपटी र उदासीनताका कारण बन्दव्यापार प्रभावित बन्नसक्छ । मानसिक दृढता र आत्मविश्वासको कमी भएमा आर्थिक पाटो पनि बिग्रन सक्छ । आजको भाग्यबल ८५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : गुलाबी वा सिन्दुरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सर्वरोगहराय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । छोराछोरीको खुसीका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ । आन्तरिक प्रतिभाको प्रस्फूटन हुने राम्रो दिन छ, कला र साहित्यप्रति झुकाव छ भने फुरेको विषयवस्तु टिपोट गर्नुहोला । प्रतियोगी/प्रतिस्पर्द्धीमाथि हाबी हुने समय हो । भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि अहिले बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नु बेस हुन्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शारदादेव्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

घरिघरि मन अशान्त भए झैं लाग्नेछ, तर एक्लै बसेर घोरिनुभन्दा तामेलीमा परेका विषयवस्तुमा ध्यानकेन्द्रित गर्नाले केही फाइदा हुनसक्छ । केही असहजता वा बाधा आइलाग्न सक्छन्, तर प्रेमभावमा भएको पवित्रता र सद्भावले सबै बाधा दूर हुनेछन् । घरजग्गा खरिदबिक्री सम्बन्धी कुनै कार्य चलिरहेको छ भने आज त्यससँग सम्बन्धित काम गर्न सकिनेछ । परिवारमा कुनै धार्मिक कार्यक्रमको योजना बन्नेछ । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ चं चन्द्रमसे नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

नोकरचाकर र कामदारसँग उचित समन्वय गरी काममा आफैं खटेको जाती हुन्छ । सानातिना समस्या आइलागे पनि कारोबारमा प्रभाव पर्ने देखिंदैन । घरपरिवारबाट अपेक्षित स्नेह, सहयोग र सद्भाव मिल्ने राम्रो दिन छ । माइतीपक्षसित भेटघाट हुने वा सम्बन्ध/सम्पर्क बढ्ने तथा सरसहयोग लिन/दिन सकिने समय हो । गरेको मिहिनेतको राम्रो नतिजा प्राप्त हुनेछ । साथीभाइ र अभिभावकका बीचमा आत्मसम्मान झल्किने अवसर प्राप्त हुनेछ । आजको भाग्यबल ४० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आश मारेको सम्पत्ति फिर्ता आउने समय हो । आर्थिक हैसियत बृद्धि गर्न वा भौतिक सम्मृद्धि बढाउने सिलसिलामा सक्रियता देखाएमा भविष्य सुध्रने सङ्केत छ । प्रसन्नताका साथमा नियमित काममा सक्रिय भइने छ, आयको नयाँ स्रोत फेला पर्नुका साथै कमाएको धन सञ्चित गर्न सकिने दिन हो । सुख एवं समृद्धि बढ्नेछ, पार्टनरको इच्छानुसार खर्च हुनसक्ने भएकाले बजेटको चाँजो छ छैन, विचार पुर्याउनु होला । आजको भाग्यबल ८० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

विपरीत परिस्थितिलाई कुशलतापूर्वक झेल्नसक्ने सामर्थ्य र आत्मविश्वासको विकास हुनेछ । पेसागत र व्यवसायिक उन्नतिका लागि गरेको प्रयास सार्थक बन्नेछ । इच्छानुसार काम सम्पन्न हुनेछ, कतै घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ । आत्मविश्वास र मनोबल बढ्ने समय हो, तर प्रतियोगी वा प्रतिद्वन्द्वीका कारण केही चुनौतीहरू थपिन सक्छन् । अहिलेको संघर्ष र मिहिनेतले निकट भविष्यमा राम्रो नतिजा प्रदान गर्नेछ । आजको भाग्यबल ३५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भास्कराय नम: न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

धनमालको सुरक्षाका लागि सतर्कता अपनाउने समय हो, अझ घरबाहिर निस्कने काम छ भने तालसाँचो बलियो बनाउनुका साथै बहुमूल्य गरगहना नलगाएको जाती हुन्छ । मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नु ठीक हुन्छ । धन, मान र प्रतिष्ठामा विकार भएको परिस्थिति छ, अत: जोखिम र रिस्कमा कुनै काम नगर्नु होला, साथै दायित्व र जिम्मेवारीप्रति हेलचक्र्याइँ गर्नुहुँदैन । आजको भाग्यबल ५० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नम: शिवाय न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

 

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

कार्यक्षेत्र र लवलाइफ दुबै क्षेत्रमा सफलता र आनन्द पाउने समय छ । पार्टनरलाई कुनै उपहार दिएमा आपसी सम्बन्ध र विश्वासमा अझ प्रगाढता छाउने छ । आफन्त वा मित्रको आगमनले अतिथि सत्कारमा समय बित्नेछ । विशिष्ट विषयमा सकारात्मक छलफलसमेत हुनसक्छ । आर्थिक गतिविधिमा सुधार आउने दिन हो । गृहनिर्माण, फर्निचर र साजसज्जाका सामाग्री, बालबालिकाका सरसामाग्री, खानपीनका सुख्खा सामाग्री, गरगहना र सुनको कारोबारमा लाभ पाउन सकिन्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वैभवलक्ष्म्यै नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

जीवनशैली र कार्यप्रणालीमा आएको परिवर्तनले सकारात्मक वातावरण बन्नेछ । फोन वा मेलमार्फत कुनै राम्रो समाचार पाउन सक्नुहुन्छ । कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पर्द्धीसँग अन्तक्र्रिया गरी अनुभव बटुल्नु महत्त्वपूर्ण मानिन्छ । अरुलाई प्रभावित बनाएर काम निकाल्नुपर्ने हुन्छ । आपसी सम्बन्धमा नयाँ मिठास देखापर्न सक्छ, घरपरिवारले आफ्ना समस्या बुझ्ने तथा बृद्धबृद्धासमेत खुसी भएर आशीर्वाद दिने समय हो । आजको भाग्यबल ५० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : रातो/सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ स्थानदेवताभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

विदेश यात्रा वा छात्रवृत्तिका लागि तैयारी गरिंदै छ भने आजको प्रयासले नयाँ गति समात्ने र लाभ पाउने दिन हो । हुन त घरपरिवार र साथीभाइको सहयोग गर्न तत्परता देखाउने समयावधि हो, तर पनि उनीहरूलाई आफ्नो कमजोरी र उदार स्वभावको फाइदा लिन दिनुहुँदैन । अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । कार्यालयको कामविशेषले देश/परदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति बन्नसक्छ । आजको भाग्यबल ९० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमो नारायणाय न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

किताब, प्राक्टीकल र ल्यापटपमा मात्र घोरिएर दिमाग भारी हुने समय छ, एकाग्रताका लागि ध्यान, मेडिटेशन र योग गर्नु राम्रो हुन्छ । स्वास्थ्यमा कमजोरी र शरीरमा आलस्य जाग्नाले कारोबार प्रभावित हुने समय छ, अरूको करकापमा परेर काम गर्नुपर्ने परिस्थितिसमेत देखिन्छ । गोप्य विषयवस्तु साझेदारी गर्नु ठीक हुँदैन, नत्र यसले दूरगामी भविष्यमा नकारात्मक असर पर्नसक्छ । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सर्वमृत्युनिवारकाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

पुरानो लेनदेन वा ऋणसापटीको बोझ हट्नेछ । बाचाबन्धन वा कसम पूरा गर्नाले मनमा हलुकापन र रिल्याक्सको अनुभूति हुनेछ । प्रेमी वा प्रेयसीसँग रमाउने दिन हो । घरपरिवारमा समय दिनुपर्ने दिन हो, पारिवारिक सुख र दाम्पत्य जीवनको आनन्द भोग्न पाइने छ, बन्दव्यापारमा ध्यानभङ्ग हुनसक्छ, तर नोक्सान हुने दिन होइन । इच्छा पूरा हुने दिन हो । हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने समय हो । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ द्रां द्रीं द्रौं स: शुक्राय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

सम्बन्धित समाचार