सिन्धुपाल्चोकको ज्यामिरेमा रहेको मतदान केन्द्र तनाव, नेपाली सेनाले लियो नियन्त्रण

 

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्ची–४ को ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा तनाव भएको छ । अशक्त र अपांगता भएका व्यक्तिहरुलाई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि तवान र्सिजना भएको हो ।

 

 

 

उक्त तनाव पछि नेपाली सेनाले त्यस क्षेत्रको स्थिति नियन्त्रणमा लिएको छ । स्थितिलाई सामान्य बनाउन नेपाली सेनाले हतियार तेर्स्याएको थियो । त्यसैगरी, पाँचपोखरी थाङपाल–२ को याङ्ग्री मतदान केन्द्रमा भने एउटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छुटेपछि केहीबेर तनाव भएको थियो ।

 

 

अहिले अवस्थामा भने सामान्य रहेको निर्वाचन अधिकृत विकाश शर्मा रिजालले जनाएका छन् ।

 

https://youtu.be/dGVTRR_O-pk

सम्बन्धित समाचार