पर्यटमन्त्री आलेले हद पार गर्दै कुट्न थाले कर्मचारी ।

 

काठमाडौं – विबादित मन्त्री हुन् प्रेम आले । पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेका छन्।

 

मन्त्री आलेले आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका हुन् । मन्त्री आलेले फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको स्रोतले जनाएको छ ।

मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा आफ्ना मान्छे राख्न खोजेको र अध्यक्ष युवराज अधिकारीले नमानेका कारण उनी जाइलागेको बुझिन्छ ।

 

अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेको र अन्यको प्रकृया अगाडी बढेका बेला मन्त्री आले जाइलागेका हुन् । मन्त्री निरन्तर ताकेतामा मात्र थिएनन्, तुरुन्त राखी दिन धम्क्याउँदै आएका बेला पछिल्लो समय जाइ नै लाग्न पुगेको स्रोत बताउँछ ।

 

अध्यक्ष युवराज अधिकारीले तलबाट दरबन्दी बनाउन, टिप्पणी आउन बाँकी रहेको कारण देखाउँदै आएका बेला प्रेम आलेको फेला परेका हुन् ।

 

मन्त्री आलेले यसअघि पनि एक युवकलाई जथाभावी बोल्दै धम्की दिएको अडियो भाइरल बनेको थियो । सो प्रकरणमा उनीमाथी छानबिन, कारवाही केही पनि अघि बढाइएन ।

https://youtu.be/oM_zzIaGySoM

सम्बन्धित समाचार