विद्युतीय माइक्रोबस चढेर पार्टी कार्यालय पुगे एमाले अध्यक्ष ओली

वायु प्रधुशन
nepalijanatakhaba

 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालकोटबाट विद्युतीय माइक्रो बस चढेर च्यासलस्थित पार्टी कार्यालयमा पुगेका छन् । मंगलबार दिउँसो अध्यक्ष ओली आफ्नो गाडीमा छाडेर माइक्रोबसमा पार्टी कार्यालय पुगेका थिए ।

 

 

अध्यक्ष ओली माइक्रो बसबाट ओर्लिंदा पार्टी कार्यालयमा रहेका नेता-कार्यकर्ता र कर्मचारीका लागि सरप्राइजनै भएको थियो।सगरमाथा आरोही युवा संघकी नेता युगान्तिका तामाङलाई विद्युतीय स्कुटर हस्तान्तरण गरेर पार्टी कार्यालय जान लागेका अध्यक्ष ओलीले कार्यक्रमका सहभागीलाई लिन आएको विद्युतीय माइक्रोबसमा चढे ।

 

 

उनले स्कुटर हस्तान्तरण गरेपछि आफँैले चलाएका पनि थिए ।माइक्रोबसबाटै पार्टी कार्यालय जाने भनेर अध्यक्ष ओली चढेपछि युवा संघका अध्यक्ष किरण पौडेल, नेता क्षितिज थेबे, निरोज पौडेल लगायत सबैजना माइक्रोमानै चढेका थिए ।

काठमाडौं-सिन्धुली रुटमा चल्ने माइक्रोबस आयोजकले रिजर्भ गरेर बालकोट लगेका थिए ।

 

nepalijanatakhabar

समबन्धित समाचार