प्रचण्ड पुगे जापान नेपाली राजदूतले गरे स्वागत

काठमाडौं, साउन २१ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान पुगेका छन्। केहीबेर अघिमात्र जापानको टोकियो स्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका प्रचण्डलाई स्वागत गर्न जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी विमानस्थल पुगेका छन् ।

उनले साउन २३ गते जन प्रगतिशील मञ्चको अन्तरक्रियामा भाग लिने जानकारी गराइएको छ। प्रचण्डसँग स्वकीय सचिवद्वय रमेश मल्ल, छोरी गंगा दाहाल तथा सचिवालयका अर्का सदस्य सूर्य किरण पनि छन्।

नेपाली जन प्रगतिशील मन्च जापानको निमन्त्रणामा जापान पुगेका प्रचण्डले त्यहाँस्थित प्रवासी नेपालीहरुसँग पनि अन्तरक्रिया गर्ने भएका छन्।

सम्बन्धित समाचार