रवि लामिछाने भन्छन् विदेशमा रहेका नेपालीहरूले पनि भोट हाल्न पाउने व्यवस्था गर्नु पर्छ

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला पार्टीका नेताहरुले भष्ट्रचारीलाई संरक्षण गरेको आरोप लगाउनुभएको छ ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष लामिछानेले देशका ठूला दलका नेता र

 

मन्त्रीहरु नै भष्ट्रचारमा लिप्त भएको भन्दै अब देशको ढुकुटी रोक्न पनि नेपाली जनताले आगामी चुनावमा ठूला दलहरुलाई पाखा लगाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष लामिछानेले आफुहरु २४ सैं घण्टा नागरिकको समस्या सुन्ने वातावरण बनाउने तयारीमा लागेको बताउदै भ्रष्टाचारलाई न्युनिकरण गर्न, जनताको असली शासन व्यवस्था ल्याउन आफु राजनीतिमा आएको जानकारी दिनुभयो ।

उहाँले ठूला पार्टीहरूले नेपाली जनतालाई आश्वासन मात्र बाडेँर सत्तामा पुगेपछि देशको ढुकुटी सकेको आरोप लगाउनुभयो ।

 

लामिछानेले ठूला दलका नेताहरुले नेपाली जनताले गर्व गर्न लायक काम एउटा पनि नगरेकोमा खेद प्रकट गर्दै ठूला दलका नेताहरुलाई आउँदो मंसिर ४ को चुनावमा जनतासँग भोट माग्ने नैतिकता नभएको बताउनुभयो ।

 

उहाँले विदेशमा रहेका नेपालीहरूलाई समेत भोट हाल्ने अधिकार दिनुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित समाचार