च’क्कु देखाउँदै तर्साएर पैसा माग्दै हिँड्ने दुई युवकलाई माडी प्रहरीको नियन्त्रणमा

चितवन । चक्कु देखाउँदै तर्साएर पैसा माग्दै हिँड्ने दुई युवकलाई माडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

माडी-७, कीर्तनपुर बजारमा शनिवार दिउँसो करीब २ः४५ बजे चक्कु देखाउँदै बजारबासीसंग पैसा माग्दै हिँडिरहेका दुई युवकहरुलाई ईलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका युवकद्वयमा माडी ३, रतनी निवासी अन्दाजी १९ बर्षका राजकुमार साह र अन्दाजी २५ बर्षका लालु भनी बोलाइने पुरुष रहेका छन् । (सांकेतिक तस्वीर)

 

सम्बन्धित समाचार