चितवन । माछापालनका लागि देशैभर चर्चित हुँदै गएको माडी नगरको माछा संकलन केन्द्र भने प्रयोगविहीन भई घाँस, बुट्यान र झाडीले ढाकिएको छ ।
माछा पकेट क्षेत्र अन्तरगत माडी-३, बघौंडा गाउँको मगोई खोला किनारमा निर्मित माछा संकलन केन्द्र हालसम्म उपयोगमा आउन नसक्दा चारैतिरबाट झाडी, बुट्यान र घाँसले ढाकिएको हो ।
माडीका मत्स्यपालक कृषकहरुलाई आवश्यक पर्ने बरफ (आइस) बनाउने प्लाण्ट सहितको सो केन्द्र माडीभरका पोखरीहरुबाट माछा संकलन गरी विक्रीवितरणको प्रवन्ध मिलाउने उद्देश्यले स्थापना भएको थियो ।
माडी नगरपालिका र तात्कालीन जिल्ला कृषि विकास कार्यालयको सहयोगमा स्थापित सो संकलन केन्द्रको अपेक्षित उपयोग हुन नसकेपनि त्यसलाई भुरा वितरणस्थलका रुपमा प्रयोगमा ल्याउने र निकट भविष्यमै सरसफाई गरिने माडीका अगुवा मत्स्य कृषक दीलिप थापाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्