गैरे आवसिय नेपाली संघ मलेसियाले तिज विशेष सांस्कृतिक कार्यक्रम आयोजना

वायु प्रधुशन
nepalijanatakhaba

दिनेश खड्का’खप्तडी’

 

मलेसिया। गैरे आवसिय नेपाली संघ मलेसियाले विगतका बर्षहरुमा झै यस पटक पनि नेपाली महिला हरुको महान चार्ड हरितालिका तिजको अवसरमा दर खुवाउने तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

 

यहि अगष्ट २० तारिख स्थानिय समयअनुसार दिउँसो को ३ बजे देखि एनआरएनए को आफ्नै भवनमा आयोजना गर्न लागेको हो ।

 

नेपाली रितिरिवाज चार्ड पर्वको जगेर्ना गर्नु को साथै विभिन्न कारणले मलेसियामा कार्यरत नेपाली दिदीबहिनी हरुलाई लक्षित गर्दै उक्त कार्यक्रम गर्न लागेको एनआरएनए मलेसिया का महासचिव रन्जित क्षेत्रिले जानकारी दिनुभयो ।

 

आफ्नो जन्मभूमि छोडि मलेसिया मा बसेर एक दिन भएपनि आफ्नो दिदिबहिनी हरुको साथमा माईती को सम्झनालाई बिर्साउने गरि कार्यक्रम अवधिभर मनोरञ्जन समेत दिने महासचिव क्षेत्रिले बताउनुभयो ।

 

नेपाली महिला हरुको पर्व तिज कार्यक्रमलाई नेपाल कै अनुभुति हुने गरि मलेसियामा रहेका सम्पुर्ण नेपाली दिदीबहिनीहरु र संघ-संस्था हरुलाई पत्रचार गरिसकेको र कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि सिङ्गो एनआरएनए मलेसिया लागि रहेको महासचिव रन्जित क्षेत्रिले जानकारी दिनुभयो।

nepalijanatakhabar

समबन्धित समाचार