एक्कै घरका तिनजना गुमाएका बिष्टलाई सु प भारत ले गर्यो सहयोग

दिनेश खड्का’खप्तडी’अछाम।तुर्माखाद गाउँपालि वडा नं २ मा केहि महिना अगाडि आएको बाडि-पहिरो बाट जन धनको क्षेति गुमाएका अम्मर बहादुर बिष्टको परिवारलाई सुदूरपश्चिमेली नेपाली समाज भारतले नेपाली रु ५२ हजार ४ सय १६ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

तुर्माखाद गाउँपालि वडा नं ८ का अध्यक्ष निरक शाही लगायतको उपस्थितिमा पिडित अम्मर बहादुर बिष्टको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको वरिष्ठ उपाध्यक्ष दिपक खड्काले बताए ।

साउन ८ गते मध्यरातमा अविरल वर्षाका कारण पहिरो जादा अम्मर बहादुर बिष्टको घर पुरिएर सुतिरहेको अवस्थामा तिन जनाको मृत्यु भएको थियो । २५ बर्षिय विरेन्द्र बिष्ट ,१५ बर्षिय संबिधान विष्ट र ४५ बर्षिय हरिकला बिष्टले उक्त पहिरोको कारण ज्यान गुमाएका थिए ।

कर्मभूमी मा आईपर्ने विभिन्न समस्याहरूको न्यूनीकरण तथा मातृभूमि प्रतिको कर्तव्य लाई आत्मसात गर्दै भारतका विभिन्न क्षेत्र मा रोजगारी तथा विभिन्न पेशामा आबद्ध भएका सुदूरपश्चिमेली वासी हरूको सक्रियता सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली मुल नारा सहित भारतमा केहि बर्ष अगाडी स्थापना थियो ।

यस अभियानमा जोडिएर साथ सहयोग गर्नु हुने सुदूरपश्चिमेली नेपाली समाज भारत समिति को मातहतका विभिन्न राज्य समिति,जिल्ला समिति ,नगर समिति र स्थानिय तहमा रकम हस्तान्तरण गर्नको लागि सहजीकरण गर्नु हुने वडा अध्यक्ष सहित सम्पुर्ण लाई समाजले कृतज्ञता प्रकट गरेको समाजका अध्यक्ष कटक बहादुर बिष्टले जानकारी दिनुभयो ।

यसैगरी समाजको उदेश्य प्राप्तिका लागि विभिन्न अभियान सन्चालन गर्दै आएको महासचिव महादेव भट्टले बताए । वँहा का अनुसार सुदुरपश्चिमको कला, साहित्य र संस्कृतिको जगेर्ना गर्ने उदेश्यले भारतका विभिन्न सहर हरुमा गौरा पर्व तथा तिज सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्न लागेको बताउनुभयो ।

सम्बन्धित समाचार