मेयर भएको सय दिनमा हर्क साम्पाङले रचे नयाँ इतिहास, विश्वभरबाट शुभकामनाको ओइरो !

काठमाडौँ – मेयर भएको सय दिनमा हर्क साम्पाङले रचे नयाँ इतिहास, विश्वभरबाट शुभकामनाको ओइरो ।धरानका मेयर हर्क साम्पाङले सय दिनकाे काम सार्वजनिक गरेका छन् ।

 

उनले सामाजिक सञ्जाल मार्फत सय दिनकाे काम सार्वजनिक गरेका हुन् । साम्पाङले नेपालमा श्रम सँस्कृतिको क्रान्ति शुरु गरेको उल्लेख गरेका छन् त्यस्तै उनले ४ ठाउँबाट खानेपानीको मुहान थपेको उल्लेख गरेका छन् ।

 

साम्पाङले व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जटाएको, ६ लाख विरुवा रोपेको, सरसफाईमा देखिने सुधार ल्याएको, प्रशासनिक सुधार ल्याएर शान्ति सुरक्षामा सुधार ल्याएको, जलविद्युतको सफल परीक्षण लगायतका कामहरु सार्वजनिक गरेका छन् ।

यस्तो छ उनकाे फेसबुक स्टाटसमा उल्लेख गरिएका बुदाँहरू

१०० दिनमा के गरिस तँले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर:
१) नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें ।
२) ४ ठाउँबाट खानेपानीको मूहान थपें ।
३) व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ ।
४) ६ लाख विरुवा रोपें ।
५) सरसफाइमा देखिने सुधार ल्याएँ ।
६) प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ ।

 

सम्बन्धित समाचार