दाङमा बन्दकर्ता द्वारा टिप्परमा आगजनी ।

 

काठमाडौं – दाङमा बिहानै टिप्परमा आगजनी भएको छ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक बन्धकर्ताले आगजनी गरेका हुन् ।

चाररपाँच जनाको समूहमा रहेका बन्धकर्ताले टिप्परमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।विप्लव’को नेकपासहित चार दलले आज नेपाल बन्दको घोषणा गरेका छन् ।

उनीहरु विज्ञप्ति जारी गर्दैतीन बुँदे राजनीतिक सहमतिका विपरीत पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महँगीका विरुद्ध देशैभर बन्दको आह्वान गरेको उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार