बालेनको अर्को एक्सन : सुन्धारास्थित काठमाडौं मलको अनधिकृत संरचनामा महानगरले चलायो डोजर !

काठमाडौं – काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाएको छ ।

बुधबार बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सो स्थानमा पुगेको छ ।
काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ ।

यो भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेको थियो ।

सम्बन्धित समाचार