काठमाण्डौका मेयरलाई धरानका मेयरको अर्को प्रहार – व्यवस्थापन नमिलाइ विस्थापित किन ?

काठमाण्डाै – सामाजिक सञ्जालमा सक्रिय हुँदै आउनुभएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले काठमाण्डौका मेयर बालेन्द्र शाहलाई कटाक्ष गर्दै टिप्पणी गर्नुभएको छ ।

 

 

काठमाण्डौमा अनधिकृत रुपमा राखिएका संरचना र फुटपाथ पसल हटाउने अभियान चलिरहेका बेला राईले यसै विषयमा फेसबुकमा टिप्पणी लेख्नुभएको हो ।

 

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाइ कसैलाई विस्थापित गर्न हुँदैन । सबैको बाँच्ने अधिकार हुन्छ ।’

यसअघि फोहर व्यवस्थापनको विषयमा पनि धरानका मेयर राईले काठमाण्डौका मेयर शाहलाई यस्तै कटाक्ष गर्नुभएको थियो ।

 

सम्बन्धित समाचार