एमाले नेता बस्नेतलाई मेयर साहको जवाफ : हजुरको घरको नक्सा पास छ कि छैन ?

 

काठमाडौं – काठमाडौंका मेयर बालेन साहले सुरु गरेको अवैध संरचना भत्काउने कार्यको एमाले नेता महेश बस्नेतले टिप्पणी गरेका छन् ।

आफूनिकट व्यवसायीले सञ्चालन गरेको नयाँबनेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बालेन्द्रले डोजर चलाएपछि नेता बस्नेत आक्रोशित बनेका हुन् ।

शाहले अल्फाबिटा कम्प्लेक्स , माथी डोजर किन लगाएको भन्दै प्रश्न गरेका नेता बस्नेतले हामी संग नजिक भएर या फोटो लिएको कारणले डोजर चलाएको हो भनी प्रश्न गरेका छन् ।

बस्नेतले सन्की र लहडी भन्दै पहिलो पोष्ट सामाजिक सञ्जालमा गरेपछि मेयर साहले अल्फा सञ्चालकले आफूसँग पनि फोटो खिचेको भन्दै जवाफ फर्काए ।

मेयर साहले नियम कानून पालना सबैले गर्नुपर्छ कमरेड भन्दै बरु हजुरको घरको नक्सा पास छ कि छैन भनेर प्रश्न गरेका छन् । फेरि यसको जवाफमा नेता बस्नेतले भत्काएर र ध्वंश गरेर हिरो हुन्छु भन्ने नसेच्न भन्दै मेयर साहलाई जवाफ दिएका छन् ।

आफ्नो क्षेत्त भक्तपुरमा विकासको लहर चलेको भन्दै उनले भने ,’यताका डोजरमा मेयर चढ्दैनन् ड्राइभर चढ्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनुहोला ।

सम्बन्धित समाचार