रामकुमारी झाँक्री भन्छिन्: म दलीय दबाबमा परेँ, बालेन्द्रजी अघि बढ्नुस् भनेपछि….

काठमाण्डाै – नेकपा एकीकृत समाजवादी पार्टीकी नेत्री रामकुमारी झाँक्रीले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहकाे अभियानलाई समर्थन गर्नुभएकाे छ ।

 

नेत्री झाँक्रीले इमानदर प्रयासहरू सफल हुने भन्दै आफ्नाे समर्थन मेयर साहलाई रहेकाे सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएकाे छ । उहाँले आफू सहरी विकास मन्त्री हुँदा दलीय दबाब परेकाे भए पनि मेयर साहलाई भने त्यस्ताे नहुने पनि बताउनुभएकाे छ ।

 

उहाँले लेख्नुभएकाे छ, ‘मैले बाग्मती काेरिडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको थिएँ । चुनाव आएको छ, नगरौँ भन्ने दबाब आयो र स्थगन गर्न पर्‍याे । पालिका चुनावपछि २०७९ जेठ २ गतेदेखि फेरि हटाउन सुरु भएकाे थियाे ।’

 

नेत्री झाँक्रीले आफू र मेयर साहले केही याेजना बनाएकाे भए पनि आफ्नाे कार्यकाल लामाे नरहेकाे बताउनुभयाे । उज्यालो अनलाइन बाट

 

सम्बन्धित समाचार