अब ‘बा’हरुलाई विदा गर्नुपर्छ : रवि लामिछाने

 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अब विदा गर्नुपर्ने बताएका छन् ।

 

उनले पछाडि ‘बा’ भएका तीन जनालाई ससम्मान विदा गर्नुपर्ने भन्दै उनीहरुको नाम लिएका हुन् । शनिबार काठमाडौंमा आयोजित सभामा उनले भने पछाडि ‘बा’ भएकाहरु केपी बा, देउवा र नानीका बा हरुलाई अब ससम्मान विदा गर्नुपर्छ किनकी अगाडि ‘बा’ भएकाहरु (बालेन साह) डोजर लिएर निस्किसके ।

 

राजनीतिक दलका शीर्ष नेताहरुले विगतमा गरेका योगदानप्रति सम्मान रहेको भन्दै उनले अहिले भने उनीहरुको काम घिनलाग्दो भएको लामिछानेले बताए । उनले अहिलेको जस्तो घिनलाग्दो राजनीति जान्न र सिक्न आवश्यक नभएको बताए ।

सम्बन्धित समाचार