चर्चितअभिनेता गोबिन्दा आहुजा बिशेष अतिथिको रुपमा देखिदै सुपर डान्सर नेपालको ग्राण्ड प्रिमियरमा

 

काठमाण्डै

रियलमी प्रिजेंट्स सुपर डान्सर नेपाल यति बेला टेलिभिजन तथा युट्युबमार्फत प्रसारण भईरहेको छ। फिजिकल तथा डिजिटल अडिसन अनि मेगा अडिसन हुदै हाल ग्राण्ड प्रिमियरको तयारी भईरहेको सुपरडान्सर नेपाल भारतको सोनी टिभीको सबै भन्दा सफल पारिवारिक एबं बालबालिका लक्षित शो सुपर डान्सरको आधिकारिक नेपाली भर्सन हो।

अडिसन अनि मेगा अडिसनका एपिसोडहरु प्रसारणमा आएसंगै यो शोको चर्चा चुलिएको छ। जसबाट अन्य शोहरु देशमा नचलिरहेको तथा लक्डाउन पछि ठप्पझैँ रहेको मनोरन्जन क्षेत्रमा नयाँ आशा समेत पलाएको छ। रियलमी प्रिजेंट्स सुपर डान्सर नेपालको ग्राण्ड प्रिमियरमा चर्चित भारतीय अभिनेता तथा नेपालको ज्वाई भनेर समेत चिनिएका गोबिन्दा आहुजा बिशेष अतिथिको रुपमा देखिदै छन्।

उनि संगै नेपाली चेली उनको श्रीमती सुनिता समेत शोमा देखिदै छिन। बलिउडका सुपरस्टार अभिनेता गोबिन्दा आफ्नो फरक शैली अनि नृत्य कलाका कारण परिचित छन्, उनका थुप्रै सिनेमा सफल त्छन्नै हरेक सिनेमामा उनले देखाउने डान्सका कारणले समेत उनि सबै माझ थप चर्चित छन्।

यसै बीच सुपर डान्सर नेपालमा आबद्ध बिभिन्न ब्राण्डसंग सम्बन्धित अधिकारीहरु र गोबिन्दा दम्पती बीच छलफल र आगामी कार्यक्रमबारे योजना सम्बधी मिट एण्ड ग्रिट विथ गोबिन्दा” कार्यक्रमको आयोजना गरियो। राजधानीमा आइतबार आयोजित उक्त मिट एण्ड ग्रिट” समारोहमा सुपर डान्सर नेपालकोअहिले सम्मको प्रगति अनि शोलाई अझै उत्कृष्ट बनाउन के कसो गर्न सकिन्छ भन्ने बारे समेत छलफल भएको अयोजक संस्था एडी रिलिजले जानकारी दिएको छ।

शो उत्पादनका क्रममा गुणस्तरीय कार्यक्रम निर्माणमा कुनै कसुर बा किन राख्ने समेत एडी रिलिजले प्रतिबद्धता जनाएको छ। यो शो हर हिसाबले राम्रो बनाउन यसको प्रस्तुती, कोरियोग्राफी,जजमेन्ट तथा अन्य प्राबिधिक पाटोमा समेत कुनै सम्झौता नगरिएको आयोजकको दावी छ। उता गोबिन्दा दम्पतीले समेत आफु यो शोलाई लिएर उत्साहित रहेको र आगामी दिनमा समेत यस्ता उत्कृष्ट नेपाली शोमा आफुहरुको उपस्थिती रहने कुरामा समेत आफुहरु प्रतिबद्ध रहेको जनाए।

 

नेपाली चेली र ज्वाईको उपमा पाउदा आफुहरुलाई गर्व हुने साथै ज्वाई र चेलीलाई माइतीले सम्झिएर निम्ता दिए आफुहरु पक्कै आउने समेत उनहरुले बताए। सुपर डान्सर नेपालमा आबद्ध ब्राण्डका प्रतिनिधी / अधिकारीहरुले शो को प्रोडक्सन भ्यालु उच्च स्थरिय रहेको र यसमा संलग्न हुन पाउदा खुशी व्यक्त गर्दै शोको सफलताको शुभकामना समेत दिए। उक्त कार्यक्रममा सुपर डान्स र नेपालका प्रायोजक ब्राण्डहरु रियलमि नेपालका कन्ट्री हेड मुनिष गिरी, डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य, जगदम्दा मोटर्सका सीईयो दिपक अग्रवाल, डाबर नेपालका हेड अफ मार्केटिंग अभय गोर्खाली, सुर्य नेपालका असिस्टेन्ट म्यानेजर नबिन सरोज लगायतका बिशिष्ठ अतिथिहरुको उपस्थिती रहेको थियो।

उनिहरुले कार्यक्रमको सुरुवाती चर्चा र सफलता देखेर खुशी रहेको बताए। कार्यक्रमलाई सम्बोधन गर्दै एडी रिलिजका अध्यक्ष हरिशरण सुवेदीले टेलिभिजन उद्योगमा रियालिटी शो तथा बिश्वस्तरीय खेलकुदका कार्यक्रमहरुको बर्गीकरण मार्फत स्वदेशी तथा बिदेशी ब्राण्डलाई कर्पोरेट उचाई दिन पर्ने समय नजीकिएकाले अब ब्राण्ड वा कम्पनीको उत्पादन अनि सेवा प्रबर्द्गन गर्दा व्यक्तिगत हित मात्र हेर्न नहुने सुझाए।

सुपर डान्सर नेपालको यसै हप्ता प्रशारण हुने ग्राण्ड प्रिमियर एपिसोडका लागि गोबिन्दा र सुनिता यति बेला नेपालमा छन् . शोको शुटिंग पश्चात उनीहरु भारत फर्किने छन। देश भरबाट छानिएका सयौ डान्सर भाईबहिनीहरुबाट पनि अब्बल साबित भई छानिएका सुपर १२ प्रतिस्पर्धी र उनीहरुका १२ सुपर गुरुहरु शोले छानिसकेको। अबको हप्ताबाट उनीहरु बीच कलात्मक प्रतिस्पर्धा हुनेछ भने मङ्सिर दोश्रो हप्ता देशले पहिलो सुपर डान्सर नेपाल प्राप्त गर्ने छ। कान्तिपुर टेलिभिजन एचडी अनि ओ एस आर रियालिटी युट्युब ,मार्फत यो शो हरेक हप्ता बिहीबार अनि शुक्रबार प्रसारण भईरहेको छ।

 

सम्बन्धित समाचार