अब देखि बाइकमा यसरी मोबाइल स्ट्यान्ड’ राखे कारबाही गर्ने चेतावनी 

काठमाडौं, भदौ १७ । तपाईंले आफ्नो मोटरसाइकलमा मोबाइल अड्याउने ‘स्ट्यान्ड’ राख्नुभएको छ? त्यसो हो भने ‘होसियार’ रहनुस् है ! ट्राफिक प्रहरीको कारबाहीमा जुनसुकैबेला पर्न÷परिन सक्छ ।

 

 

उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकलमा ‘मोबाइल स्ट्यान्ड’ राख्नेमाथि कारबाही अभियान थाल्ने तयारी गरेको हो ।

 

पछिल्लो समय ‘राइड सेयरिङ’ गर्ने बाइकचालकले ‘मोबाइल स्ट्यान्ड’ प्रयोग गर्दै आएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘राइड सेयरिङ’ एप कम्पनीलाई पत्र लेख्दै ‘स्ट्यान्ड’ हटाउन निर्देशनसमेत दिएको छ ।

 

 

मोबाइल स्ट्यान्डले दुर्घटना जोखिम बढाएको ट्राफिक प्रहरीको निष्कर्ष छ । यस्ता स्ट्यान्डले ‘बाइक मोडिफिकेसन’ भएको ठहरसमेत उसले गरेको छ ।

 

ट्राफिक प्रहरीले दुर्घटना जोखिम बढेकाले बाइकमा स्ट्यान्ड र मोबाइल अड्याउने कुनै पनि प्रकारका वस्तु नराख्न निर्देशन दिएको हो ।

 

नेपालको प्रचलित कानुनले मोटरसाइकलको कुनै पनि प्रकारको स्वरूप परिवर्तन (मोडिफिकेसन) गर्न रोक लगाएको छ । बाइकमा केही कुरा थप्नु वा हटाउनु पनि ‘मोडिफिकेसन’जस्तै भएको ट्राफिक प्रहरीले प्रस्ट पारेको छ । मोटरसाइकलमा स्ट्यान्ड राखेमा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

 

नेपालको कानुनअनुसार सवारी चलाउँदा मोबाइल फोन प्रयोग निषेध छ । नियम उल्लंघन गरेमा ५ सयदेखि २ हजारसम्म र अटेरी गरेमा दोहो¥याएमा ५ देखि २० हजारसम्म जरिमाना हुन सक्ने नियम छ ।

 

ट्राफिक प्रहरीले नियमविपरीत मोबाइल स्ट्यान्ड राखेमा ५ सयदेखि २ हजारसम्मको चिट काटेर पठाउने र प्रकृति हेरेर यातायात कार्यालयमा पनि पठाउन सकिने जनाएको छ ।

 

कार्यालयका अनुसार यातायात पठाउँदा यातायातले ऐनअनुसार ५ हजारदेखि २० हजारसम्म जरिमाना लगाउन सक्ने आजको राजधानी दैनिकमा खवर छ ।

 

सम्बन्धित समाचार