केकी अधिकारी, आँचल शर्मा, झिङ्गेदाउ’ले दर्शकको मन जित्न कत्तिको सफल होला

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं । ज्ञानेन्द्र देउजाले निर्देशन गरेको चलचित्र ‘झिङ्गेदाउ’ को विशेष प्रदर्शनी गरिएको छ । कमलपोखरीस्थित विग मुभिजमा चलचित्र निर्माण पक्षले कलाकार तथा पत्रकारलाई चलचित्र देखाएको हो । भदौ १७ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको चलचित्रमा पारिवारिक कथावस्तु रहेको छ ।

झिङ्गेदाउ’ मा अभिनेत्री केकी अधिकारी र आँचल शर्माले जेठानी–देउरानीको भूमिका निर्वाह गरेका छन् । उक्त सोमा कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, अभिनेत्री मिथिला शर्मा, अभिनेत्री दीपाश्री निरौला, दीपकराज गिरी, उत्तम केसी, अभिनेत्री स्वस्तिमा खड्का, रिमा विश्वकर्मा लगायतका कलाकारको उपस्थिति थियो । चलचित्र हेरेपश्चात् कलाकारले अभिनेत्री हिँउवाला गौतमको अभिनयलाई निकै चर्चा गरे ।

 

चलचित्रमा अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता कुशल विष्ट, मुकुन भुसालको मुख्य भूमिका छ । यस्तै, हिँउवाला गौतम, प्रतिक्षा शाह, संगम भण्डारी, आर्यन खड्का, आशा भुषाल, अभयराज बराल, विजय देउजा लगायतका कलाकारको अभिनय छ । घरपरिवारमा दाजुभाइबीच हुने प्रेम, झैँझगडा तथा विवादलाई चलचित्रमा उठान गरिएको छ ।

 

अभिनेत्री मिथिलाले भनिन्, ‘चलचित्रमा नायकको भूमिका नै नायिकाले गर्नुभएको छ ।’ त्यसो भनिरहँदा अभिनेत्री गौतम निकै भावुक बनेकी थिइन् । ‘चलचित्र हेरेर हाँस्दाहाँस्दै सबैको आँखा रसाएको पत्तै नहुने रहेछ’, कलाकार शर्माले भनिन् ।

त्यस्तै, निर्देशक तथा अभिनेत्री निरौलाले चलचित्रको कथावस्तु मौलिक रहेको बताइन् ।सुलभ प्रतीक देउजा, समीक्षा देउजा निर्माता रहेको यो चलचित्र साहित्यकार भीमनिधि तिवारीको कथा कृतिमा आधारित रहेको छ । कपनगडी सिनेमा र फिल्मक्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप भारद्वाजको पटकथा र संवाद रहेको छ । यसअघि सार्वजनिक भएको चलचित्रको गीतलाई दर्शकले निकै मन पराएको निर्माण पक्षले जनाएको छ ।

 

nepalijanatakhabar

समबन्धित समाचार